देवचुली,
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल जिल्ला शाखा नवलपुरको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः खिमानन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । भुसालले पहिलो कार्यकाल कुशलता पूर्वक सम्पन्न गर्नुभएको छ । भुसाल देवचुली नगरपालिकामा रहेको नेपालकै उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल जिल्ला शाखा नवलपुरको उपाध्यक्षमा गैंडाकोटका केशवराज शर्मा पौडेल, सचिवमा कावासोती नगरपालिकाका अर्जुन चालिसे, कोषाध्यक्षमा गैंडाकोट नगरपालिाकाका पार्वती शर्मा लम्साल, सदस्यमा मध्यविन्दु नगरपालिकाका उदयराज अर्याल, मध्यविन्दु नगरपालिकाका मनोज गुरुङ, कावासोती नगरपालिकाका ज्योति ढकाल न्यौपाने, हुप्सेकोट गाउँपालिकाका टेकनाथ सिग्देल, गैंडाकोट नगरपालिकाका राधिका सापकोटा पाठक, देवचुली नगरपालिकाका पवन बुढाथोकी, देवचुली नगरपालिकाका ईन्द्रमणी भुसाल, विनयी त्रिवेणी गाउँपालिकाका शालिकराम तिमिल्सना, देवचुली नगरपालिकाका रुमकला काफ्ले, गैंडाकोट नगरपालिकाका शान्ति सुवेदी सापकोटा, देवचुली नगरपालिकाका लालप्रसाद अधिकारीलाई चयन गरिएको छ । साथै बौदिकाली र बुलिङ्टारबाट १–१ जनालाई समितिले मनोनयन गर्ने भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार दलदलेमा खानेपानी उपभोक्ता संस्थाहरुको दोस्रो जिल्ला अधिवेशन तथा पूर्वाधार विकास, सुशासन र नेतृत्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुर जिल्लाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले गुणस्तरीय खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले खानेपानी विस्तारलाई थप व्यवस्थित गरि नवलपुरका सबै पालिकामा पुर्याउन पर्ने बताउनुभएको थियो । साथै उहाँले खानेपानी महासंघको साथमा रहेको बताउँदै भविष्यमा पनि आफ्नो साथ र सहयोग रहने बताउनुभएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुर जिल्लाका अध्यक्ष खिमानन्द भुसालले महासंघले तीन वर्षेकार्यकालमा गरेका कार्य एवम् भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । महासंघले पालिका महासंघ गठन गर्ने, पालिका महासंघलाई सबल बनाउने, एक घर एक धारा अभियान नवलपुरमा आ।व २०८१/०८२ मा पूरा गर्न लबिंग गर्ने, कर्मचारीहरुलाई तालिम संचालन गर्ने, संस्थाहरुलाई पान नं लिन सहजीकरण गर्ने, समितिको नेतृत्व विकासका कार्यक्रम संचालन गर्ने, बजेट अभाव भई समस्या परेका संस्थाहरुको सुचि तयार गरि पालिका, प्रदेश र केन्द्रमा सिफारिस गर्ने, संस्थालाई आर्थिक हिसाबले सुदृढ बनाउने, महासंघको आबद्धता बढाउने, दातृनिकायसँग समन्वय गरि कार्यक्रम संचालन गर्ने जस्ता विभिन्न भावी योजना रहेको बताइएको थियो । महासंघका अध्यक्ष भुसालले संस्थालाई राम्रो बनाउने, उपभोक्तालाई सफा र सुरक्षित पानी उपलब्ध गराउने, सुशासन स्थापित गर्ने र प्रविधिको प्रयोग बढाउने तथा पानीका स्रोतहरुको संरक्षण गर्ने र उपभोक्तामैत्री ऐन नियम निर्माणमा पैरवी गर्ने काममा खानेपानी महासंघ लाग्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय स्याङ्गजाका प्रमुख केशव प्रसाद चापागाईं, नेपाल रेडक्रस सोसाईटी नवलपुरका अध्यक्ष डिल्लीराम कडरिया, देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, देवचुली नगरपालिकाका नगरप्रवक्ता तिल प्रसाद काफ्ले, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख शम्भु खनाल र देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव ईन्द्रमणी भुसालले गर्नुभएको थियो ।