देवचुली,
पशुपति वैदिक आश्रम देवचुली १५ प्रगतिनगरमा मंसिर २४ गतेदेखि सुरु भएको तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ ।
पशुपति वैद्धिक आश्रमद्धारा संचालित तेस्रो अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम धनधान्यान्चल ज्ञान महायज्ञको दोस्रो दिन देशका विभिन्न स्थानबाट पाल्नुभएका सन्त महाजनहरुले वैद्धिक सनातन धर्म र वेद शास्त्रहरुको बारेमा प्रवचन गर्नुभएको छ ।
सात दिवसिय सम्मेलनको दोस्रो दिन पण्डित उमाकान्त ज्यू, श्री विष्णु प्रपन्नचार्य, विदुसी जमुना ज्यू, श्री संहीता शास्त्री अर्जुन प्रसाद बास्तोला, आध्यात्म दर्शन दिन दायक सन्त ज्यू, आसुकवि तथा नेपाल महर्षि वैद्धिक फाउण्डेसन काठमाडौका सञ्चार प्रमुख भरतराज पौडेल,प्राचार्य रामचन्द्र कंडेल, लक्ष्मी प्रसाद पौडेल लगायतले प्रवचन राख्नुभएको थियो ।
मानव चोला आफैमा उत्कृष्ट चोला भएको र यस चोलामा रहेर उत्कृष्ट कर्म गरी देवतुल्य बन्ने अवसर समेत रहेको सन्तहरुले बताउनुभयो । वेद तथा शास्त्रका ज्ञान उत्कृष्ट जीवन यापनको लागि उत्तम मार्गदर्शनका रुपमा रहेको वक्ताहरुले बताउनुभयो ।
सोही अवसरमा महायज्ञमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । तेस्रो दिनको प्रवचन कार्यक्रम २६ गते विहान १२ बजेदेखि सुरु हुने अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम धनधान्यन्चल ज्ञान महायज्ञका अध्यक्ष श्री ज्ञाननन्द सरस्वती महाराजले जानकारी दिनुभयो ।