देवचुली,
अमर सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्य समितिले सपथग्रहण गरेको छ ।
संस्थाको नयाँ कार्यसमितिको अध्यक्षमा यम बहादुर क्षेत्री,उपाध्यक्षमा लोकनाथ वाग्ले, सचिवमा कृष्ण भट्टराई, कोषाध्यक्षमा देवी अर्जेल, सह–सचिवमा हरिबहादुर सुयल तथा सामुदायिक वनको वडा १२ को महिला सदस्य तर्फ वालमाया तारुङ, वडा १२ को खुल्ला सदस्यतर्फ चित्र प्रसाद पराजुली, वडा ५ को महिला सदस्य तर्फ सिता घिमिरे वाग्ले, वडा ५ को खुल्ला सदस्यतर्फ राम शर्मा, वडा ३ को महिला सदस्यतर्फ इन्दिरा वाग्ले, वडा ३ को खुल्ला सदस्यतर्फ राम प्रसाद पोख्रेल, लेखा सदस्यमा शेरबहादुर पौडेल, रामजी खनाल र धनकुमारी आचार्य सर्वसम्मत चयन हुनुभएको थियो ।
बुधवार निर्वाचन संयोजक प्रदिपराज घिमिरेको अध्यक्षतामा नवनिवाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउनुको साथै प्रमाणपत्र वितरण गरिएको छ । डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नवनिवार्चित कार्यसमितिलाई शुभकामना दिनुहुँदै प्रमुख अतिथि अधिकारीले सामुदायिक वनको संरक्षण र सदुपयोग सहि ढंगवाट गर्न गराउन आग्रह गर्नुभयो ।
नेकपा एमालेका नगर कमिटि अध्यक्ष भिमलाल तिवारी, नेपाली कांग्रेशका नगर सभापति डिल्लिराम कडरिया, वुद्धिजिवि तथा समाजसेवी लोक प्रसाद भुर्तेल, वडा नं ३ का वडा अध्यक्ष तथा सामुदायिक वनका पुर्व अध्यक्ष होमनाथ पौडेल, संस्थापक अध्यक्ष तिल प्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य दुर्गा देवी ढकाल विष्टले गर्नुभएको थियो ।