मंसिर ११, देवचुली
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) नवलपुरको पालिकाहरुको नयाँ कार्यसमितिले सपथग्रहण गरेको छ । सपथग्रहण कार्यक्रमको प्रमुख आतिथ्यता प्याव्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार गणेशमान सिंह भण्डारीले गर्नुभएको थियो ।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि भण्डारीले नवलपुरका निजि तथा आवासिय विद्यालयहरुलाई अगाडी बढाउन प्रत्येक पालिकाका कार्यसमितिले महत्वपुर्ण भूमिका निर्वाह गर्नेपर्ने बताउनुभयो।
सपथग्रहण गरेको नयाँ कार्य समितिलाई प्याव्सन नवलपुरका वरिष्ठ उपाध्यक्ष डा. प्रदिप बास्तोला, प्याब्सन गैंडाकोटका पूर्व अध्यक्ष लक्ष्मी दवाडीले बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। यसैगरी कार्यक्रममा नवगठित पालिका अध्यक्षहरु गैंडाकोट नगरपालिकाका भरतबाबु कंडेल, देवचुली नगरपालिकाका सन्तबहादुर क्षेत्री, कावासोती नगरपालिकाका त्रिलोक तिवारी, मध्यबिन्दु नगरपालिकाका देविलाल पाठक, बिनयी त्रिवेणी गाउँपालिकाका सन्तोष रौनियार र हुप्सेकोट गाउँपालिकाका फोकल पर्सन अनिल थापाले आफ्ना मन्तव्य राख्दै आफ्नो कार्यकालमा प्याव्सनलाई अझै मजबुत बनाउने बताउनुभयो।
प्याव्सन नवलपुरका जिल्ला अध्यक्ष दिपक रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्याव्सन नवलपुरका जिल्ला सचिव कान्तामणी चौधरीले गर्नुभएको थियो ।
प्याव्सन गैंडाकोट
अध्यक्ष भरतबाबु कंडेल (सरस्वती निकेतन)
सचिव निर्मल पाण्डे (स्मल हर्ट एकेडेमी)
कोषाध्यक्ष अशोक कुमार पौडेल (अमर इङ्लिस बोर्डिङ्ग)
सदस्यहरु धन बहादुर गुरुङ (ज्ञानकुञ्ज) र नारायण प्रसाद सापकोटा (एभरग्रीन एकेडेमी)
प्याव्सन देवचुली
सन्तबहादुर क्षेत्री
अध्यक्ष सन्तबहादुर क्षेत्री (वाइज भिजन)
सचिव खगिशरा ढकाल (ओएसिस बोर्डिङ्ग)
कोषाध्यक्ष वेदराज सापकोटा (पाठशाला)
सदस्यहरु राजु श्रेष्ठ (नेक्सस) र किरण भट्टराई (न्यू नवल बोर्डिङ्ग)
प्याव्सन कावासोती
त्रिलोक तिवारी
अध्यक्ष त्रिलोक तिवारी (लुम्बिनी आवासीय)
सचिव टिकाराम भुर्तेल (मोडर्न होली गार्डेन)
कोषाध्यक्ष दधिराम लामिछाने (मध्यबिन्दु स्काइलाइन)
सदस्य विर बहादुर महतो (युनिभर्सल स्कोलर्स)
प्याव्सन मध्यविन्दु
देविलाल पाठक
अध्यक्ष देविलाल पाठक (नवलपुर सेकेन्डरी)
सचिव सागर ढकाल (तम्सरिया इङ्लिस)
कोषाध्यक्ष राजु सापकोटा (शान्ति किरण)
सदस्य टोपराज पाण्डे (वर्ल्ड लाइट)
प्याव्सन विनयी त्रिवेणी
सन्तोष रौनियार
अध्यक्ष सन्तोष रौनियार (ब्लुमिङ्ग बर्ड्स)
सचिव आशिष सुवेदी (सर्दी एकेडेमी)
सदस्य रिचर्ड बस्नेत (रिचर्ड इङ्लिस)
प्याव्सन हुप्सेकोट
अनिल थापा
फोकल पर्सन अनिल थापा (सिद्धार्थ शान्ति निकेतन)