देवचुली,
प्रगतिनगरमा नवलपुर अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा आएको छ । हार्डजोर्नी तथा नसा रोग बिरामीहरुलाई विशेष सेवा प्रदान गर्ने उद्धेश्यका साथ देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर चोकमा सागर तिवारीले अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा ल्याएका हुन् ।
हाडजोर्नी, नशा रोग जस्ता विभिन्न रोगलाई फिजियोथेरापीको माध्यमबाट उपचार सेवासहित बाथ रोग तथा जोर्नी दुखाई, गाउट, यूरिक एसिड, हड्डी खिईएको, हड्डी बढेको,ढाड, घुडा, घाँटी, टाउको सर्वाईकल र मांसपेशी आदिको दुखाई, फ्रोजन सोल्डर, नसा च्यापिएको, साईटिका, डिस्क बल्ज, डिस्क हर्नियसन, हात खुट्टा पोल्ने, झमझमाउने र दुख्ने । प्यारालाईसिस, पार्किन्सन, अल्जाईमर, सेरेब्रल पाल्सि, मोटर न्यूरोन डिस्अर्डर, मस्कुलर डिस्ट्रोफि आदि, माईग्रेन, डिप्रेसन, तनाव, अनिन्द्रा, थकान, आलस्य, चक्कर लगायतको अकुपंचर एण्ड फिजियोथेरापीको माध्यमबाट उपचार गरिने छ ।
प्रगतिनगरमा नै पहिलोपटक अकुपंचर एण्ड फिजियोथेरापी सेन्टरको उद्घाटन गरि दैनिक यस उपचारका लागि टाढा जानुपर्ने बाधयताको अन्त्य गराउन थेरापी सेन्टर संचालनमा ल्याइएको फिजियोथेरापीष्ट एवम् नवलपुर अकुपंचर एण्ड फिजियोथेरापी सेन्टरका संचालक सागर तिवारीले बताउनुभयो । उहाँका अनुसार थोरै सेवा शुल्कमा विशेषज्ञ डाक्टरहरुले उपचार गर्ने बताउनुभयो । यस्ता समस्याबाट थलिनुभएका सम्पूर्ण बिरामीलाई समयमा नै उपचार गरि स्वास्थ्य रहन समेत आग्रह गर्नुभएको छ ।