देवचुली,
अमरज्योति सामुदायिक वन उपभोक्ता समूह देवचुली नगरपालिका वडा नं १,२,४ र ५ को दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार संस्थाको कार्यालय परिसरमा सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रहनुभएका डिभिजन बन कार्यालय नवलपुरका अध्यक्ष वसन्त केशब अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष अधिकारीले २०५२ सालदेखि बनलाई संरक्षण गर्न भुमिका खेल्नुभएका सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्नुभयो । समिती गठन गर्दा सामुदायिक वनको हितमा काम गर्ने ब्यक्ती छान्न आग्रह गर्नुभयो । समिती गठन गर्दा सकभर सहमतिमा हुन सकेमा खर्च न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
उपभोक्ताले बन समुहले बनाएको मापदण्ड पालना गरि सामुदायिक बनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक बनको लागि आएको पैसा ४० प्रतिशत बनको संरक्षणमा खर्च गर्न र बाँकी महिला सशक्तीकरण लगायत गरिबी न्यूनीकरणको लागि प्रयोग गर्न भनिएको भन्दै वनले उपभोक्ताहरुलाई कृषिमा लगानी गर्न अभिप्रेरित गर्नुभयो।
अमरज्योती सामुदायिक बनका अध्यक्ष टुकलाल रुचाल मगरले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै वनको क्षेत्रफलले ओगटेको भौगोलिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको बारेमा जानकारी गराउनुभएको थियो । लेखा संयोजक रुपु प्रसाद अधिकारीले संस्थाको लेखा प्रतिबेदन पेश गर्नुभएको थियो ।
देवचुली नगरपालिका वडा न ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्री, नेकपा माओवादी वडा न ४ का अध्यक्ष बाबुराम बस्याल, नेपाली काङ्ग्रेस वडा नं २ का सभापती कृष्णचन्द्र बस्ताकोटी, नेकपा एमालेका प्रतिनिधि देबिलाल देवकोटा, एकता सामुदायिक बनका अध्यक्ष याम प्रसाद भुसाल,पुर्व बन अधिकृत देबि प्रसाद अधिकारी, सव डिभिजन बन कार्यलयका अधिकृत सुवास अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा सामुदायिक वन समूहलाई विभिन्न समयमा सहयोग पुर्याउनुहुने १०२ बर्षका जेष्ठ नागरिक मित्र बहादुर दर्लामी मगर लगायत संस्थालाई सहयोग पुर्याउनुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो । त्यस्तै शान्तीसिर्जना आधारभुत विद्यालय र नेपाल नमुना मा.विका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियाे । कार्यक्रमको सहजीकरण संस्थाका सचिव कान्ता पन्डितले गर्नुभएको थियो ।