देवचुली,
चौतारी सामुदायिक वन उपभोक्ता समुहका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधवार निर्वाचन संयोजक विष्णु प्रसाद आचर्यको अध्यक्षतमा बसेको बैठकले १३ सदस्यीय नयाँ कार्यसमिती तथा ५ सदस्यीय अनुगमन सदस्य सर्वसम्वत चयन गरेको हो । कार्यक्रममा देवचुली नगरपालिका वडा नं १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेकोे प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँ कार्यसमिती गठनको लागि उम्मेदवारी आह्वान गरिएकोमा प्राप्त आवेदन उपर कुनै किसिमको दावि विरोध नआएकोले कार्तिक १४ गते बसेको बैठकले सर्वसम्वत नयाँ समिति गठन गरेको थियो । नवगठित समितिको अध्यक्षमा सन्तवहादु तिवारी, उपाध्यक्ष नवराज सुवेदी, सचिव मञ्जु थापा मगर, कोषाध्यक्ष श्री पदमा पौडेल, सह–सचिव सन्तवहादुर ठाडा मगर, महिला सदस्यहरुमामा डिलकुमारी लामिछाने पौडेल, दुर्गा गुरुङ, तुलसी गौतम, शान्ति तिमल्सेना सापकोटा, खगिसरा कुमाल यसैगरी दलित सदस्यमा गोरे परियार, खुल्ला सदस्य शान्ति कुमारी केसीर कल्पना दमाई रहेका छन । त्यस्तै लेखा समिति सदस्यहरुमा बासुदेव शर्मा, सुकमाया देवकोटा, चुण्ड प्रसाद सापकोटा, काजिमान अम्गाई, प्रेमबहादुर शाही, अनुगमन सदस्यहरु भीमसिंह गुरुङ, चन्द्रकला रिजाल, हरिलाल गैरे, कृष्ण बहादुर बस्नेत र जगत बहादुर सेन रहेका छन ।
समिति गठनको लागि निर्वाचन समितिले राजनितिक पार्टीहरु, सल्लाहाकारहरु अध्यक्षहरुसँग निरन्तर छलफल गर्दा संस्थाको निर्वाचनको नाममा हुने लाखौं खर्च कटौति होस भन्ने उद्देश्य संस्थालाई अतिरिक्त भार नपर्ने गरि १३ सदस्यीय कार्यसमिति र ५ सदस्यीय अनुगमन समिति सर्वसम्मत गठन गरेको निर्वाचन संयोजक विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि गणेश शर्मा चालिसे, नेकपा एमालेका तर्फबाट हरिकुमार श्रेष्ठ, नेपाली कांग्रेसको तर्फबाट चैन बहादुर चौधरी, नेकपा माओबादीको तर्फबाट नेत्र बहादुर पाण्डे, राप्रपाको तर्फबाट सन्तोष थापा, रास्वपाको तर्फबाट शिवलाल सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष लोकनाथ अर्यालले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाका कागजपत्र सहित जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
नवनिर्वाचत अध्यक्ष सन्तबहादुर तिवारीले संस्थाको उन्नतीको निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन निर्वाचन समितिका प्रवक्ता रिम बहादुर आलेले गर्नुभएको थियो ।