देवचुली,
क्षेत्री समाज देवचुली नगर कार्यसमितिको गत भदौ १९ गते सम्पन्न अधिवेशनबाट समितिको अध्यक्षमा केशर बहादुर क्षेत्री चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा ललित बहादुर क्षेत्री, महिला उपाध्यक्षमा देवुभक्ती बानियाँ, सचिवमा नारायणी लामिछाने, सह–सचिवमा विष्णु बस्याल क्षेत्री, र कोषाध्यक्षमा सृजना अधिकारी क्षेत्री चयन हुनुभएको छ ।
यसैगरि सदस्यमा कमला थापा, पूर्ण दिक्षित क्षेत्री, सन्तबहादुर तिवारी, हरिसिंह के.सी, सुरेन्द्र अधिकारी, ज्ञानु धिताल, रिमा क्षेत्री, माया के.सी., कमला खड्का, कृष्ण बहादुर क्षेत्री, लेखबहादुर पौडेल, राजु भण्डारी, तिलक के.सी, गंगा बहादुर भट्टराई, सिता क्षेत्री र ईन्दु थापा क्षेत्री चयन हुनुभएको छ ।
सोमबार क्षेत्री समाज देवचुली नगर पूर्व कार्यसमितिका अध्यक्ष क्याप्टेन गंगा बहादुर खत्रीले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो । क्षेत्री समाज नेपाल देवचुलीका अध्यक्ष क्षेत्रीले आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्दै राज्यको मुल प्रवाहमा क्षेत्रीको उपस्थिती हुन आवश्यक रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा सबै मिली क्षत्रीहरु बिचको एकता, सद्भाव र सामाजिक विकासको निम्ति काम गर्ने बताउनुभयो । नयाँ समितिका पदाधिकारीहरुलाई बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।