देवचुली,
राष्ट्रिय शिक्षा दिवसको अवसरमा देवचुली नगरपालिकाद्वारा पालिका भित्रका विद्यालय, शिक्षक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट भएका व्यक्तहरुलाई सम्मान गरिएको छ । ’ज्ञान, विज्ञान, सिप उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ देवचुली नगरपालिकाले बुधबार दलदले साहारा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा हस्तलेखन प्रतियोगिता आधारभूत तह १–५, बाल कथा रचना प्रतियोगिता आधारभूत तह ६–८, निबन्ध लेखन प्रतियोगिता माध्यमिक तह ९–१०, राष्ट्रपति रनिङ शिल्ड तर्फ पदक बिजेता खेलाडी, सेपाक ताक्रो अन्तराष्ट्रिय खेलाडी, सामुदायिक विद्यालय स्तरीय कक्षा ५ को परीक्षा ४ जि.पि.ए. ल्याउने उत्कृष्ट विद्यार्थीहरु, आधारभूत तह उत्तीर्ण ४ जि.पि.ए. ल्याउने उत्कृष्ट विद्यार्थी, सर्वाेत्कृष्ट विषय शिक्षक, सर्वाेत्कृष्ट विद्यालय, सर्वाेत्कृष्ट विद्यालय कर्मचारी, सर्वाेत्कृष्ट लेखापाल, सर्वाेत्कृष्ट बाल विकास सहजकर्ता, शैक्षिक डायरी व्यवस्थापन तर्फ सर्वाेत्कृष्ट शिक्षक सहित ५६ जनालाई सम्मान गरिएको छ ।
आधारभूत तह कक्षा (१–५)
देवचुली नगरपालिका शिक्षा शाखाले लिएको स्तरीकृत परीक्षा कक्षा ५ मा देवचुली ७ को भीमसेन आदर्श माध्यमिक विद्यालय सर्वाेत्कृष्ट हुन सफल भएको छ । सामुदायिक विद्यालय स्तरीय कक्षा ५ को परीक्षामा ४ जि.पि.ए. ल्याउने उत्कृष्ट विद्यार्थीहरु वरचुली मा.विका किस्मत सापकोटा, प्रज्ञान खनाल, सकला मा.विका अविशा लम्साल, सदिक्षा सिग्देल, जनज्योति नमुना मा.विका इच्छा बरुवाल, मनकामना आ.विका कञ्चन काफ्ले, पृथ्वी मा.विका दिशान्त भुसाल, दिवस आचार्य, जनज्योति मा.विका प्रतिक ढकाल र नेपाल नमुना मा.विका प्रतिक सारु मगरलाई सम्मान गरिएको छ ।
आधारभूत तह कक्षा (६–८)
पालिकाले आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा ४ जि.पि.ए. ल्याउने उत्कृष्ट १४ जना विभिन्न सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ । नेपाल नमूना मा.विका अंकित अधिकारी, आर्जन अधिकारी, दिप्लव के.सी., हिमान्सु घिमिरे, नविन कार्की, नारायण शर्मा सुवेदी, सकला मा.विका पवन भण्डारी, कालिका मा.विका संज्ञा सेन, भीमसेन आदर्श नमूना मा.विका खिम कुमारी घर्ती, सविना भुसाल, जनज्योति मा.विका सृष्टि धिताल, विश्वज्योति मा.विका बेविसा अधिकारी, अमर ईङ्गलिस बोडिङ स्कुलका रिवाज भुजेल र ओएसिस ईङ्गलिस बोडिङ स्कुलका वर्षात सुनारलाई सम्मान गरिएको थियो ।
आधारभूत तह कक्षा ८ मा नेपाल नमूना मा.वि पालिकामा सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
सर्वाेत्कृष्ट विषय शिक्षक
देवचुली नगरपालिकाले विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गराउने सर्वाेत्कृष्ट नतिजा प्राप्त गराउन सफल भएका विषय शिक्षकलाई समेत सम्मान गरेको छ । जसमा भीमसेन आदर्श जमूना मा.विका नेपाली शिक्षक मनविर थापा, विश्वज्योति मा.विका अंग्रेजी शिक्षक राम कुमार वराइली, विश्वज्योति मा.विका गणित शिक्ष्ँक शुसिल गिरी, नेपाल मा.विका विज्ञान शिक्षिका पवित्रा सापकोटा र नेपाल मा.विका सामाजिक शिक्षक सुदिप भुसाललाई गरि ५ जनालाई सम्मान गरेको छ ।
एस.ई.ई. २०८० सर्वाेत्कृष्ट विद्यार्थी
एस.ई.ई. परीक्षा २०८० मा ३.९५ जि.पि.ए. ल्याई देवचुलीमा सर्वाेतकृष्ट नतिजा ल्याउन सफल जनज्योति मा.विकी छात्रा हिमादेवी न्यौपाने (प्रकृति) लाई सम्मान गरिएको छ । यसैगरि पालिका भित्र सर्वाेत्कृष्ट विद्यालयका रुपमा वरचुली मा.वि सम्मानित भएको छ ।
एस.ई.ई. २०८० सर्वाेत्कृष्ट विषय शिक्षक
एस.ई.ई. परीक्षा २०८० मा देवचुलीका विभिन्न विद्यालयमा अध्यापन गराउने सर्वाेत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । जसमा विश्वज्योति मा.विका नेपाली शिक्षक जगन्नाथ पराजुली, वरचुली मा.विका अंग्रेजी शिक्षक डिल्लीराम शर्मा, विश्वज्योति मा.विका गणित शिक्षक जिवन ज्ञवाली, वरचुली मा.विका विज्ञान शिक्षक ईमोन अधिकारी र वरचुली मा.विका सामाजिक शिक्षक धनलाल रिजाललाई सम्मान गरिएको छ ।
माध्यमिक तह (कक्षा १२)
देवचुली नगरपालिकाका कक्षा १२ सञ्चालन भएका विद्यालय मध्येबाट परीक्षामा प्रथम हुन सफल भीमसेन आदर्श नमूना मा.वि सम्मानित भएको छ । यस्तै सर्वाेत्कृष्ट नतिजा ल्याउने भीमसेन आदर्श नमूना मा.विकी छात्रा रुश्मा थापा क्षेत्रीलाई सम्मान गरिएको छ । पालिकाले सर्वाेत्कृष्ट विद्यालय कर्मचारीलाई समेत सम्मान गरेको छ । जसमा प्रभत जनता आधारभूत विद्यालय प्रबन्धा क्षेत्री सम्मानित भएकी हुन् । यसैगरि सर्वाेत्कृष्ट लेखापाल तर्फ पृथ्वी मा.विका धन बहादुर सारुलाई सम्मान गरिएको छ । सर्वाेत्कृष्ट बाल विकास सहजकर्ता तर्फ नव नेपाल आधारभूत विद्यालयकी हरिकला पाण्डेलाई सम्मान गरिएको छ ।
बाल दिवसको पुरस्कार वितरण
हस्तलेखन प्रतियोगिता (आधारभूत तह १–५)
६० औं बाल दिवसको अवसरमा देवचुली नगरपालिका शिक्षा शाखाद्वारा आयोजित आधारभूत तहको १–५ को हस्तलेखन प्रतियोगितामा जनज्योति मा.विका मानवी पाण्डे प्रथम, भीमसेन आदर्श मा.विका भिसान थापा द्धितीय र अमर इङ्गलिस बोडिङ्ग स्कुलका विपन वि.क तृतीय भएकालाई सम्मान गरिएको थियो ।
बाल कथा रचना प्रतियोगिता आधारभूत तह ६–८
देवचुली नगरपालिका शिक्षा शाखाले संचालन गरेको आधारभूत तहको ६–८ को बाल कथा रचना प्रतियोगितामा प्रथम भएकी दिव्य एकेडेमीकी आकृति भण्डारी, द्धितीय नेपाल मा.विकी सदिक्षा सिग्देल र तृतीय भीमसेन मा.विकी मेलिस्का काफ्लेलाई सम्मान गरिएको हो ।
निबन्ध लेखन प्रतियोगिता माध्यमिक तह ९–१०
देवचुली नगरपालिका शिक्षा शाखाले संचालन गरेको माध्यमिक तहको ९–१० को निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी भीमसेन मा.विकी खीम कुमारी घर्ती, द्धितीय नेपाल मा.विकी आर्जन अधिकारी र तृतीय जनज्योति मा.विकी प्राप्ती भुर्तेल, जनज्योति नमुना मा.वि छविलाल घर्ती मगरलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट खेलाडी
कार्यक्रममा देवचुलीका उत्कृष्ट विद्यार्थी खेलाडीलाई समेत सम्मान गरिएको छ । राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट भएका कालिका मा.विका पृथ्वी गाहा मगर र पृथ्वी मा.विका अनुजा सारुलाई सम्मान गरिएको छ । यसैगरि सेपाक ताक्रो अन्तराष्ट्रिय खेलाडी नेपाल मा.विका प्रतिक्षा थनेत र नेपाल मा.विकै पदम बहादुर ठाडा मगरलाई सम्मान गरिएको छ ।
शैक्षिक डायरी व्यवस्थापन तर्फ सर्वाेत्कृष्ट शिक्षक देवचुली मा.विका सावित्री खरेल, बाल किरण आधारभूत विद्यालयका हरि प्रसाद पाण्डे र कुमारवर्ती आधारभूत विद्यालयका पूजा खनाललाई सम्मान गरिएको छ ।
औपचारिक तथा सांस्कृतिक कार्यक्रम
नगरपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस विशेष कार्यक्रमको अध्यक्ष देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले कार्यक्रमको औचित्य र उद्देश्य माथी प्रकाश पार्नुभको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । देवचुली नगरपालिका बाल सञ्जालका अध्यक्ष अनुस्का भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा नन्दलाल ढकालले गर्नुभएको थियो । कार्यक्रम पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक र शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत विद्यालय रहेका छन् ।