हुप्सेकोट
शिक्षा दिवसको पूर्वसन्ध्यामामा नवलपुरको हुप्सेकोट गाउँपालिकाद्वारा पालिका भित्रका विद्यालय, शिक्षक, विद्यार्थी तथा विभिन्न विधामा सफलता प्राप्त गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ। पालिकाले आइतबार ज्वाला माध्यमिक विद्यालयको प्राङ्गणमा एक भव्य समारोहको आयोजना गरि सम्मान तथा पुरस्कार वितरण गरेको हो । पालिकाले आधारभूत तह १-५, आधारभूत तह ६-८, माध्यमिक तह ९-१२, एसईईमा उत्कृष्ट नतिजा हाँसिल गर्ने तथा पालिका भित्रका डाक्टर, इन्जिनियर, प्राध्यापक, अधिकृत वा सो भन्दा माथीका राष्ट्रसेवक निजामती कर्मचारी तथा एमफिल र पिएचडी गर्ने व्यक्तित्व सहित ३९ जनालाई सम्मान गरेको छ।
आधारभूत तह (कक्षा ५)
हुप्सेकोट गाउँपालिका शिक्षा शाखाले लिएको कक्षा ५ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ। जस अन्तर्गत सामुदायिक विद्यालयतर्फ प्रथम सूर्यज्योति मा।वि।, जुकेपानी, द्वितीय जनता मा।वि। बेलुवा, तृतीय बालकल्याण आधारभूत विद्यालय कोलिया र संस्थागत विद्यालयतर्फ प्रथम शंकरदेव इङ्लिस बोर्डिङ्ग स्कुल, शंखदेव, द्वितीय अर्पण आवासीय मा.वि., झ्यालबास र नवबुद्ध इङ्लिस बोर्डिङ्ग स्कुल तृतीय भई सम्मानित हुन सफल भएका छन् । पालिकाले कक्षा ५ को परिक्षामा ४ जिपिए ल्याउने सामुदायिक विद्यालयका ४ र संस्थागत विद्यालयका १२ जना विद्यार्थीलाई सम्मान गरेको छ। साथै विषयगत उत्कृष्ट जिपिए प्रदान गर्ने सामुदायिक र संस्थागत विद्यालयका ७/७ जना शिक्षकलाई सम्मान गरेको छ।
आधारभूत तह (कक्षा ८)
कक्षा ८ को पालिका स्तरीय परिक्षामा सामुदायिकतर्फ प्रथम हुने ज्वाला मा.वि., झ्यालबास, द्वितीय नेपाल शान्ती मा।वि।, बेल्हानी, तृतीय जनता मा.वि., बेलुवा र हुप्सेकोट मा.वि., मौलाथर र संस्थागत विद्यालयतर्फ प्रथम थुम्किदेवी ब्राइट फ्युचर स्कुल कोलिया, द्वितीय सिद्धार्थ शान्ति निकेतन गिरुबारी, तृतीय अर्पण आवासीय मा।वि। झ्यालबासलाई पालिकाले सम्मन गरेको छ। साथै उत्कृष्ट नतिजा ल्याई सामुदायिक विद्यालयतर्फ पालिका प्रथम हुन सफल नेपाल शान्ति मा.वि. बेलहानीका छात्रा भूमिका गैह्रे, ज्वाला मा.वि. झ्यालबासका छात्र अंकित पाण्डे र संस्थागततर्फ पालिका प्रथम हुन सफल छात्रा सिद्धार्थ शान्ति निकेतन गिरुबारीका पुजा राना मगर र छात्र भू.पु.सैनिक प्रभात एकेडेमी गिरुबारीका बिकल्प कुमाल सम्मानित भएका छन् । पालिकाले कक्षा ८ मा उत्कृष्ट नतिजा दिन सफल सामुदायिक र संस्थागतका विषयगत ७/७ जना शिक्षकलाई समेत सम्मान गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)
माध्यमिक शिक्षा परिक्षा ९एसईई० मा सामुदायिकतर्फ पालिका प्रथम हुन सफल हुप्सेकोट मा।वि। मौलाथर, द्वितीय हुप्सेकोट मा।वि। बिरुखर्क, तृतीय नेपाल शान्ती मा।वि। बेलहानी र संस्थागततर्फ पालिका प्रथम हुन सफल अर्पण आवासीय मा।वि। झ्यालबास, द्वितीय थुम्किदेवी ब्राइट फ्युचर कोलिया र तृतीय सिद्धार्थ शान्ति निकेतन गिरुबारी सम्मानित भएका छन् । यसैगरी एसईईमा उत्कृष्ट सामुदायिक विद्यालय विद्यार्थीतर्फ नेपाल शान्ति मा।वि। बेल्हानीका छात्र रुपेश ठकुरी र छात्रा आयुषा कुमाल र संस्थागततर्फ प्रथम अर्पण आवासीय मा।वि। झ्यालबास, द्वितीय थुम्किदेवी ब्राइट फ्युचर कोलिया र तृतीय सिद्धार्थ शान्ति निकेतन गिरुबारी सम्मानित भएका छन् । एसईईमा उत्कृष्ट हुने संस्थागत विद्यालयका विद्यार्थीतर्फ सिद्धार्थ शान्ति निकेतनका छात्र अभिषेक खतिवडा र छात्रा थुम्किदेवी ब्राइट फ्युचरका सिमरन तिवारी समेतले पालिकाको सम्मान प्राप्त गरेका छन् । पालिकाले एसईईमा विषयगत उत्कृष्ट र शतप्रतिशत नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका १६ र संस्थागत विद्यालयका १४ जना शिक्षकलाई शिक्षा दिवसको अवसरमा सम्मान गरेको छ।
माध्यमिक तह (कक्षा १२)
हुप्सेकोट गाउँपालिकाका कक्षा १२ सञ्चालन भएका विद्यालयमध्येबाट परीक्षामा प्रथम हुन सफल नेपाल शान्ति मा।वि बेलहानी, द्वितीय सरस्वती संस्कृत तथा साधारण मा।वि। गिरुबारी, तृतीय जनता मा।वि। बेलुवा सम्मानित भएका छन् । यस्तै उत्कृष्ट नतिजा ल्याउने जनता मा।वि। बेलुवाका छात्र टिकाबहादुर बि।क। र छात्रा मिना महतो समेत सम्मानित भएका छन् । पालिकाले विषयगत उत्कृष्ट र शतप्रतिशत नतिजा दिन सफल २१ जना शिक्षकहरुलाई सम्मान गरेको छ।
बाल दिवसको पुरस्कार वितरण
६० औं बाल दिवसको अवसरमा हुप्सेकोट गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित अन्तर विद्यालय आधारभूत तह (१-५) को चित्रकला प्रतियोगिता, आधारभूत तह (६-८) को हाजिरीजवाफ प्रतियोगिता र माध्यमिक तह (९-१०) को वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयलाई शिक्षा दिवसकै अवसर पारी पुरस्कार वितरण गरेको छ।
औपचारिक तथा सांस्कृतिक कार्यक्रम
गाउँपालिकाले आयोजना गरेको शिक्षा दिवस विशेष कार्यक्रमको अध्यक्ष हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले कार्यक्रमको औचित्य र उद्देश्य माथी प्रकाश पार्नुभको थियो। शिक्षा दिवसमा सामुदायिक विद्यालयका तर्फबाट नेपाल शान्ति मा।वि। बेल्हानीका प्रधानाध्यापक सूर्यप्रसाद भण्डारी, संस्थागत विद्यालयका तर्फबाट थुम्किदेवी ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक एवं प्याब्सन हुप्सेकोटका अध्यक्ष बालकृष्ण थापा, विद्यालय व्यवस्थापन समितिका तर्फबाट ज्वाला मा।वि। का अध्यक्ष अर्जुनप्रसाद पाण्डे, स्थानीय पाठ्यक्रम तथा पुस्तक लेखन समितिका सदस्य आजादराज भण्डारी र सम्मानित ब्यक्तिका तर्फबाट वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा। बासुदेव नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो। गाउँपालिका उपाध्यक्ष पूर्णसिंह रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको औपचारिक पाटो गाउँपालिकाका शिक्षा अधिकृत तेजचन्द्र खनाल र सांस्कृतिक पाटो ज्वाला मा।वि। का शिक्षक सिर्जन बरालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक र शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
हुप्सेकोट गाउँपालिकामा ४० वटा सामुदायिक विद्यालय, ७ वटा संस्थागत विद्यालय र एउटा प्राविधिक शिक्षालय रहेका छन् ।