देवचुली,
नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध रहेको नेपाल कारखाना श्रमिक संघको प्रथम राष्ट्रिय महिला सम्मेलन देवचुलीमा सम्पन्न भएको छ । शनिबार दलदलेमा आयोजित सम्मेलनमा नेपाल कारखाना श्रमिक संघका उपाध्यक्ष एवम् नेपाल ट्रेड युनियन केन्द्रिय सदस्य सविता रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कृषि,भूमि तथा सहकारी व्यवस्था मन्त्री एवम् नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जि.सीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनबाट नेपाल कारखाना श्रमिक संघ लैंगिक नीति समेत पारित गरिएको छ । ८ बुंदे नितिमा रोजगार र भर्ती, कार्य वातावरण, समान पारिश्रमिक, मातृत्व र पारिवरिक लाभ, तालिम र क्षमता विकास, गुनासो निवारण, निगरानी र मूल्यांकन र महिलाहरुको अधिकार र सम्मानको संरक्षण गर्दै, उनीहरुको योगदानलाई मान्यता दिने, र कार्यस्थलमा सुरक्षित वातावरण सिर्जना गर्ने उद्धेश्यले लैंगिक नीति तयार गरेको छ । नेपाल कारखाना श्रमिक संघको प्रथम राष्ट्रिय महिला सम्मेलनबाट नयाँ समिति चयन गरेको छ । सम्मेलनले अध्यक्षमा मोरङकी द्रौपती रायलाई चयन गरेको छ । यसैगरि उपाध्यक्षमा लिला कुमारी सिंंह राना रुपन्देही, सचिव कल्पना खड्का, सह–सचिवमा शरिता घिमिरे, कोषाध्यक्षमा रिता थापा क्षेत्री, सदस्यमा सुनिता बँजगाई, उषा रावल क्षेत्री, सरिता रानी थारु, किरण राना, विनु हमाल र सविना चौधरी सुनसरीलाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ नेपाल अधिराज्यभरमा रहेका विभिन्न कलकारखाना वा उद्योगहरुमा कार्यरत महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका जि.सीले श्रमिक महिलाहरुको आत्मसम्मान र पहिचानसहितको श्रम अधिकारको नीतिगत र कार्यान्वयात्मक रुपमा संस्थागत गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउँदै श्रमिक महिलाहरुको पहिचानका लागि अभिलेखिकरण प्रणालिको व्यवस्था गर्न राज्यलाई ध्यानकर्षण गराउने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचेतक पूर्व माननीय ओमकला गौतम, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष राधिका कुइकेल, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति उपाध्यक्ष ललिता श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति सचिव सुशिला घिमिरे, नेपाल ट्रेड युनियन केन्द्रिय सदस्य सिता ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, नेपाल कारखाना श्रमिकका अध्यक्ष अमृतलाल जोशी, नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति संयोजक प्रमिला ढुङ्गना लम्साल, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी, नेपाल ट्रेड युनियन नेपाली काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाली काँग्रेस देवचुली नगर समितिका सभापति डिल्लीराम कडरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै देशको बदलिँदो सामाजिक र राजनीति परिस्थितिमा घरभित्र मात्रै नभई घरबाहिर पनि महिलालाई सम्मान तवरले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रम धनु भुसालले सहजीकरण गर्नुभएको थियो ।