देवचुली
जन ज्योति नमुना मावि देवचुली १४ को खेल मैदानमा सञ्चालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणको अन्तिम २ खेल आज शुक्रबार सम्पन्न भएको छ।
आज देवचुली यु - १९ र प्रगति कला मन्दिर युवा क्लब 'बि' बिच भएको खेलमा प्रगति कला मन्दिर युवा क्लब 'बि' बिजयी भएको छ भने मातृभूमि क्लब कावासोती ६ र पिठौली चउर युवा समिति कावासोती १२ बिचको खेलमा मातृभूमि क्लब बिजयी भएको छ।
आज सम्पन्न पहिलो खेलमा प्रगति कला मन्दिर युवा क्लब 'बि' ले देवचुली यु - १९ पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा मातृभूमि क्लबले पिठौली चउर युवा समितिलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
यो सँगै पहिलो चरणको खेलहरू सकिएको र शनिबार देखि दोस्रो चरणको खेलहरू हुने आयोजकका तर्फबाट राकेश बिकले हेर्नेपाटीलाई बताएका छन्।
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा प्रगति कला मन्दिर युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याच सहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको छ ।देवचुली स्केट हाउसको प्रायोजनमा प्रगति कला मन्दिर युवा क्लबले भाद्र ९ गते देखि २१ गते सम्म आयोजना गरेको तिज विशेष कार्यक्रम २०८१ मा प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको साथमा प्रथम खुल्ला भलिबल प्रतियोगिता , वडा स्तरीय तीज गीत प्रतियोगिता , ठेला प्रतियोगिताको साथमा विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।