देबचुली,
दिब्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ सम्बन्धि जनचेतना अभिवृृद्धि कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । बिहीबार देबचुली ३ स्थित सेती देबि मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
देवचुली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष होमनाथ पौडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तिल प्रसाद पाठकले गर्नुभएको थियो ।
अमरापुरी खानेपानीको फिल्ड समयोजक तथा ल्याब प्रमुख बिष्नु कंडेलले स्वस्थ खानेपानी र सरसफाइको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
पानी दुषित हुने कारणहरु पानीमा भौतिक पदार्थ रासायनिक पदार्थ र जैबिक पदार्थ भएको कडेलले बताउनुभयो । दुषित पानीको कारणले हुने समस्याहरूमा स्वास्थ सम्बन्धिका समस्याहरु, स्वासप्रस्वास सम्बन्धि समस्या, र आर्थिक समस्या हुन । पछिल्लो समय फैलिएका हैजा, झाडापखाला लगायतका विभिन्न स्वास्थ समस्याको कारण दुषित पानीनै भएको बताउदै स्वस्थ खानेपानीको अभाव भएमा भबिस्यमा जटिल दीर्घ रोगको शिकार हुनुपर्नेमा सचेत गराउनुभयो ।
खानेपनी स्वास्थमा समस्या आइसकेपछि शारीरिक,मानसिक,आर्थिक र सामाजिक रुपमा पनि असर पर्ने हुदाँ पानीका मुहान सफा राख्ने र स्वस्थ पानीको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पानीलाई स्वस्थ्य पार्न घरेलु उपाय पनि अपनाउन सकिन्छ जस्तै पानी उमालेर पिउने, फिल्टर गराउने,बिषादी नासक औसधिको प्रयोग गर्ने गर्नुपर्दछ । स्वस्थ जीवनका लागि सुरक्षित पानीको प्रयोग, सुरक्षित चर्पीको प्रयोग,ब्यक्तिगत सरसफाइ,वातावरणीय सरसफाइमा ध्यान पुर्याउनु पर्दछ ।
खानेपानी डिभिजन कार्यलय तनहुँ अन्तरगत कावसोती इकाईका प्रमुख महेन्द्रराज आचर्यले यो भेगका नागरिकलाई स्वस्थ खानेपानीको पहुँच पुर्याउन लागि परेको बताउदै उपभोक्ताको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गर्ने सर्बोदय(समाबेशी अक्षर र अनुसन्धान) संस्थाका अध्यक्ष युवराज वाग्ले,रेडक्रस सोसाइटी प्रगतिनगरको उपशाखाका सहसचिब इश्वर प्रसाद रेग्मी लगायतले सुझाब राख्नुभएको थियो ।
खानेपानी तथा सरसफाई सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा वडा नं ३ का दिब्यपुरी खानेपानी उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।