देवचुली
महिलाहरुको महान् पर्व हरितालिका तिजको पावन अवसरमा देवचुली १४ मा तिज विशेष कार्यक्रम २०८१ सुरु भएको छ ।
देवचुली स्केट हाउसको प्रायोजनमा प्रगति कला मन्दिर युवा क्लबले भाद्र ९ गते देखि २१ गते सम्म कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार २ साता सम्म संचालन हुने कार्यक्रम अन्तर्गत प्रथम सेभेन ए साइड फुटबल प्रतियोगीता , प्रथम खुल्ला भलिबल प्रतियोगिता , वडा स्तरीय तीज गीत प्रतियोगिता , ठेला प्रतियोगिताको साथमा विविध सांस्कृतिक कार्यक्रमहरु हुनेछन् ।
जनज्योति नमुना माध्यमिक विधालय देवचुली १४ को खेलमैदानमा आज आइतबार देखि कार्यक्रम सुरु भएको छ ।
प्रगति कला मन्दिर युवा क्लबका बरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद न्यौपानेको अध्यक्षता संगै देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली १४ का वडा सदस्यहरु मनोज कुमार श्रेष्ठ , तिर्थ थापा , दिपा सुनार , कार्यपालिका सदस्य पार्वती कंडेल , युवा तथा खेलकुद बिकास समितिका उपाध्यक्ष , जनज्योति नमुना माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिवारी , देवचुली सकेट हाउसका प्रोप्राइटर राजु थनेत सहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
रजहर फुटबल क्लबको विजयी सुरुवात
तीज विशेष कार्यक्रमको अवसरमा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार रजहर फुटबल क्लब विजयी भएको छ । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा नमुना फुटबल क्लब र रजहर फुटबल क्लबबीच भएको खेलमा रजहर फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा रजहरले नमुनालाई २–० गोल अन्तरले हराएको हो । आइतबारको खेलमा नमुना फुटबल क्लबका दिप्सन थापा म्यान अफ दि म्याच भएका हुन ।
प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको छ ।