देवचुली,
प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीले शुक्रबार स्वागत, बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य केन्द्रबाट सरुवा भई जाने कर्मचारी र स्वास्थ्य केन्द्रमा आउनेलाई स्वागत, बिदाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष गोपाल राज शर्मा लम्साल रहनुभएको थियो भने प्रमुख अतिथी देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको भएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल रहनुभएकोे थियो । बिशेष अतिथीका रुपमा दुमकौली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. त्रिभुवन भण्डारी, देवचुली नगरपालिकाका स्वास्थ्य संयोजक शिव पराजुली, देवचुली उधोग वाणिज्य संघका अध्यक्ष रेशमलाल सामकोटा, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वंयमसेवीका लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले दुम्कौली स्वास्थ्य केन्द्रले गरेको काम अति नै राम्रो रहेको साथै आगामी दिनमा के कुरामा कमी कमजोरी भएको छ त्यसमा ध्यान जान जरुरी भएको र देवचुली नगरपालिकाले भबिष्यमा स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउन आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने बिश्वास दिलाउनुभएको थियो ।
यस्तै कार्यक्रममा सरकारी तर्फबाट अवकास ३ जना, एफ.सी.एच.भि तर्फबाट १ जना, करार सेवा स्वास्थ्य सेवा विभाग तर्फबाट ६ जना, सरुवा भईजाने सरकारी द्धरवन्दी तर्फबाट ६ जना, समिति तर्फबाट ४ जना, निवर्तमान मूल स्वास्थ्य व्यवस्थापन समितिबाट ७ जना, विमा समितिबाट ९ जना, सामुदायिक औषधी कार्यक्रम तर्फबाट ७ जना, एम्बुलेन्स संचालन समितिबाट ५ जना, बाटिका निर्माण समिति तर्फबाट ७ जना, नि लेखा समितिबाट ३ जना, वर्तमान कार्य समितिबाट ८ जना, व्यतिmहरुलाई स्वागत, गरिदै बिदाई हुनेलाई सम्मान सहित मायाको चिनो समेत वितरण गरिएको थियो ।
कार्यक्रममा नवगठितहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा करिब ६० जना भन्दा बढिको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहिजकरण सुचना अधिकारी छविलाल सुवेदीले गर्नुभएको थियो ।