देवचुली/
देवचुली नगरपालिका वडा नं १२ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको मातहतमा रहने गरि वडाको नगर स्तरीय २२ लाख लागतमा एम्बुलेन्स खरिद गरि सेवा संचालनमा आएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले एम्बुलेन्स सेवाले वडा नं १२ र आसपासका नागरिकलाई अस्पतालसम्म पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो चाहना नगरका कोही नागरिक बिरामी नपरुन् भन्ने रहेको हुँदा नगरबासीलाई खानपान र आहारविहारमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।
एम्बुलेन्सले वडा भित्रका मृगौलाको डायलासीस गर्नुपर्ने बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा नं १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो । एम्बुलेन्स खरिदका लागि चन्दाको रुपमा संकलन भएको १ लाख ७२ हजार रकम आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य कोषमा राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं १२ का निवर्तमान वडाअध्यक्ष दिनानाथ भुसाल, नेपाली कांग्रेस देवचुली नगरपालिका सभापति तथा नेपाल रेडक्रस सोसाइटी नवलपुरका जिल्ला सभापति डिल्लीराम कडरिया, नेकपा एमालेका नगर अध्यक्ष भिमलाल तिवारी, माओवादी केन्द्रका नगर अध्यक्ष सत्यनारायण भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव पिताम्वर भुर्तेल, चन्दा दाताको तर्फबाट प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका प्रवक्ता एवं वडा नं ११ का वडाध्यक्ष तिलप्रसाद काफ्ले, वडा नं ८ का वडाध्यक्ष नुन प्रसाद वाचे, वडा नं ९ का वडाअध्यक्ष बलिराम सापकोटा, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडी लगायतको उपस्थिती रहेको थियो। आधारभूत स्वास्थ्य केन्द्रका उपाध्यक्ष एवं वडा सदस्य धर्माकुमार न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य फुलमाया विकले गर्नुभएको थियो ।