वैशाख-१५,
रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ ।
दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसका पार्थिव पटेलले ३९ रन बनाए ।
बलिङतर्फ दिल्लीका अमित मिश्रा र राबाडाले २–२ विकेट लिए भने ३ ओभर बलिङ गरेका सन्दीप लामिछानले ३६ रन खर्चिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र श्रेयर आयरको अर्धशतकको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । आयर ५२ र धवन ५० रनमा आउट भए ।