देवचुली
भीमसेन आदर्श नमुना मावि देवचुली ७ रामबासले आज आइतबार नगर परिक्रमा गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को नतिजा प्रकाशन गरे सँगै यस विद्यालयकी छात्रा रुषमा थापा क्षेत्री जिल्ला प्रथम भएको खुसियालीमा नगर परिक्रमा गरिएको हो।
थापाले व्यवस्थापन संकाय तर्फ नवलपुर जिल्लामा नै उत्कृष्ट ३.८३ जिपिए प्राप्त गर्दै जिल्ला प्रथम हुन सफल भएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले हेर्नेपाटीलाई बताउनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षतामा गरिएको नगर परिक्रमा कार्यक्रममा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी सहित हाल कक्षा ११ / १२ मा अध्ययनरत विद्यार्थी , शिक्षक एवं व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुसालले जिल्लामा प्रथम भएर आफ्नो , बिधालयको र समग्र नगरकै नाम उच्च राख्न सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
विद्यालयका विद्यार्थीहरू द्वारा पन्चे बाजा बजाउँदै सुरु गरिएको नगर परिक्रमालाई बिधालय प्राङ्गणबाट सुरु गरि देवचुली ८ को गाविस चोक हुँदै रामबास चोक , धारापानी चोक , दलदले , केउरेनि हुँदै पुन बिधालयमा पुगी समापन गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यार्थीहरूले शिक्षकहरूको सही मार्ग निर्देशन सहित आफूहरूको मेहेनतको कारण यो नतिजा प्राप्त गरेको बताउँदै खुसी व्यक्त गरेका थिए।