देवचुली,
आउँदै गरेको चाडपर्व र अन्य कार्यक्रमलाई लक्षित गर्दै देवचुली जेसिजका अध्यक्ष बसन्त पोख्रेलले सयपत्रि फूल साथै तरकारीका विरुवाहरु उत्पादन गरेका छन् । बर्षेनी कैयौँ युवाहरु बिदेश पलायन हुने गरेका छन् तर कसैले सोच्दैनन कि कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भनेर।यस्तै एक प्रतिनिधी पात्र हुन बसन्त पोख्रेल । पोख्रेल देवचुली जेसिजका अध्यक्ष पनि हुन । कुलतमा लागेका युवायुवतीलाई सही मार्ग तर्फ लैजाने एक सामाजिक अभियन्ता मात्र नभई उनी एक परिश्रमी कृषक पनि हुन भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।
देवचुली १५ प्रगतिनगरका पोखरेलले आफ्नै ४ कठ्ठा जग्गामा अमेरिकन सयपत्री फूलका बिरुवाहरु करिब ४ महिना देखि उत्पादन गर्दै आएका छन् । घरमै उत्पादन भएको प्राङगारिक गोठे मलबाट करिब २ हजार सयपत्री फूल का विरुवा उत्पादन गरेका छन् । बिशेष गरि नाजिकिँदै गरेको बिजयादशमी र भाईटीकामा सयपत्री फूलको मह्त्व र माग अत्याधिक रहेको हुन्छ । मानिसहरु सयपत्री फूलका विरुवा अथवा फूल लिन काठमाडौँ, चितवन, भैरहवा लगायतका स्थानसम्म पुग्ने गर्छन । कसैलाई पनि धेरै टाढा नगई यही आफ्नै ठाँउमा उत्पादन गर्न सके राम्रो र उपयुक्त हुने पोख्रेल बताउछन् ।
करिब ४५ हजार लागतमा उत्पादन सुरु गरेका उनले भविष्यमा एउटा राम्रो नर्सरी तयार पार्ने र पुर्ण रुपमै सबै किसिमका फलफूलका बिरुवा उत्पादन गर्ने योजनामा रहेको बताउछन् । सयपत्री फूल लगाएको ५ देखि १५ दिन भित्र उम्रने र २५ देखि ३५ दिन सम्म नर्सरीबाट बाहिर निकाल्नु पर्ने गर्दछ । यस्तै सयपत्री फूल उम्रेको ४५ दिन भित्र फुल्ने पनि गर्दछ। यदि सयपत्री फूललाई सहि तरिकाले हेरचाह गर्यो भने एउटा बोटमा ५० थुङ्गा फूल फुल्ने पोख्रेल बताउछन् ।
बजारमा यहि फुललाई ५० रुपैया सम्म पर्ने गर्छ तर आफ्नो गाँउठाँउमा भएकाले २० रुपैया प्रति गोटा दिएकका छन् ।विभिन्न फलका वरिपरिमा सयपत्री फुलका विरुवा लगाएकाले यो खेतीलाई तिरीमिरी खेती समेत भनिने गरिन्छ। बारी जोत्नको लागि आफुसँग हाते ट्रयाक्टर भएकाले अझै सजिलो भएको पोख्रेलको कथन छ । अहिले पोख्रेलले सयपत्री फुल मात्र नभई टमाटरका, लामघारे खुर्सानी, अकबरे खुर्सानी, कागती, लिची, जामुन, रक्तचन्दनका विरुवाहरु समेत पाईने गरेको छ ।
प्राविधक ज्ञान, मेहेनत, समय नै सबै भन्दा बढी मह्त्वपूर्ण भएको उनी बताउछन् । घरपरिवारको साथ र सहयोग भएकाले नै आफु यस प्रति आकर्षित भएको पोख्रेलको भनाई रहेको छ । पोख्रेलले नेपाल एक कृषि प्रदान देश भएकाले पनि हरेक व्यक्ति कृषिमा लाग्नु पर्ने भन्दै व्यवसायिक कृषि खेतीका लागि स्थानीय तहबाट र सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।