सुनिता शर्मा,
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृती दिवस । उहाँकोे योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । बीपीको स्मृतिमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पनि वृहत अन्तरक्रिया तथा बीपी भवन परिसरमा वृक्षारोपण गरि मनाएको छ ।
वातावरण संरक्षण र स्वास्थलाई ध्यानमा राखेर बास्नायुक्त विरुवाहरु कपुर, धुपी, फलफुल तथा फुलका विरुवा रोपिएको नेपाली कांग्रेस देवचुली नगरपालिकाका सभापति डिल्लिराम कडरियाले बताउनुभयो ।
वृहत अन्तरक्रिया कार्यक्रममा बीपीको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरुले बताएका छन । स्वर्गिय काईराला लाई स्मरण गर्दै नेपाली कांगे्रस गण्डकी प्रदेश समितिका सदस्य अशोक बस्ताकोटीले देश र नागरिकको भलाईका निम्ति मिल्नुपर्छ भन्ने अभिप्रायले आफैलाई फाँसीको सजाय तोकेको तत्कालिन राजसंस्थासंग मेलमिलामको निति लिएर देश फर्किनुभएको र अहिले पनि आफुहरु मेलमिलापकै पक्षमा रहेको बताउनुभयो । राष्ट्रको विकास, शान्ति र स्थायित्वको निम्ति साना ठुला दल मिलेर जानुको विकल्प नरहेको उहाँले विचार व्यक्त गर्नुभयो ।
कांग्रेस जिल्ला कार्यसमिति नवलपुरका सदस्य तुलमणी पौडेलले बीपी जयन्ती मनाउँदै गर्दा कतै बीपीका सिद्धान्तनै ओझेलमा पर्दै गएका त होइनन भन्ने आशंका बढ्दै गएकोमा दुख व्यक्त गर्नुभयो । बीपीको विचार नेपाली कांग्रेसको लागि मात्र नभएर सम्पुर्ण दलहरुको लागि उत्तिकै सान्दर्भिक रहेको जिकिर गर्नुभयो ।
विशेश्वरप्रसाद कोईरालाले उठान गरेका सिद्धान्तहरुलाई लिएर नेपाली कांगे्रस गम्भीर नभएको भन्दै नेपाली कांगेस प्रदेश कार्यसमिति सदस्य नारायण प्रसाद पौडेलले युवाहरुले कांग्रेसको आदर्श अनुसारको आचरणको अपेक्षा गरेको बताउनुभएको छ । कोईरालाले अगाडी सार्नुभएको प्रजातान्त्रिक समाजवाद माथिनै प्रहार भएकोले त्यसलाई चिरफार गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य, जिल्ला सदस्य, क्षेत्रिय पदाधिकारी महाधिवेशन प्रतिनिधि, प्रदेश समिति, नगर कार्य सम्पादन समिति, जनप्रतिनिधि, वडा सभापति, क्रियाशिल सदस्य, क्षेत्रिय प्रतिनिधि लगायतको उपस्थीती रहेको थियो । नेपाली कांग्रेस देवचुली नगरपालिकाका सभापति डिल्लिराम कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुन्दर पाण्डेले गर्नुभएको थियो ।