कावासोती
कावासोतीमा पठन संस्कृति अभियान शुभारम्भ भएको छ। कवि एवं साहित्यकार दिपक सोतीले पठन संस्कृति अभियानको उद्घाटन गर्नुभएको हो । पठन संस्कृति कार्यक्रम नगर युवा सञ्जाल कावासोती र नवलपुर एफ एम को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
डिजिटल युगले मानिसलाई असामाजिक र एकोहोरो बनाउँदै लगेको अवस्थामा किताबको संगतले मानिसलाई सामाजिक बनाउन सहयोग पुग्ने भएकोले यो कार्यक्रमको शुभारम्भ गरीएको नगरयुवा सञ्जाल कावासोतीका अध्यक्ष पवन भुर्तेलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दिपक सोतीले हिजोआज मानिसमा अध्ययनको संस्कार नै हट्दै गएको बताउदै पठन संस्कृति कार्यक्रमले हामीमा अध्ययन गर्ने बानी विकास गर्ने विश्वास व्यक्ति गर्नुभयो । डिजिटल प्रविधिले पुस्तक अध्ययनको बानी हट्दै गएकाले युवा पुस्तादेखी बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व तपाई सबैको भएको उहाँले बताउनुभयो ।
आफ्नो समाज र आफ्नो दर्शनको राम्रा पक्ष अरू माझ पु¥याउनका लागि पठन संस्कृतिको उत्तम मार्ग रहेको बताउनुभयो । कवि तथा सामाजिक व्यक्तित्व सरस्वती तिमिल्सिनाले व्यायामले जसरी हाम्रो शरीरलाई स्वास्थ्य बनाउँछ, ठीक यसैगरी पुस्तक पढेर हाम्रो मन मस्तिष्क स्वस्थ र आनन्दमय बन्नन सक्ने बताउयनुभयो ।
चाहे कुनै प्रतिकुल स्थितिमा होस् वा अनुकुल, जस्तोसुकै अवस्थामा पनि किताब हाम्राका लागि एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत हुने बताउनुभयो । कार्यक्रममा बोल्दै विजय एफ एमका अध्यक्ष त्रिलोचन सापकोटाले आफ्नो पुस्तालाई पठन संस्कृतिमा अभ्यस्त गराउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गनेृ बताउनुभयो । पुस्तक पढ्ने, चिन्तन मनन गर्ने परिपाटीको खाँचो रहेको बताउदै हामीहरुलाई डिजिटल प्रविधिको लतबाट मुक्त मात्र गराउँदैन, मस्तिष्क विकासमा पनि सहयोग पुर्याउँने भनाइ राख्नुभयो । कार्यक्रममा सर्जक करुण लम्सालले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
उहाँले इन्टरनेट, मोमाइल, ल्यापटपमा लिप्त हुँदै गएको अहिलेका पुस्तालाई पठन संस्कृतिको आवश्यकता रहेको प्रस्टाउनुभयो । कार्यक्रममा सहभागीका तर्फबाट सरस्वती तिमिल्सिना,दिपक भट्टाई,आर्दश सुशिल,रञ्जना लामीछाने, सुदिप चापागाई,पुजा शर्मा र त्रिलोजन सापकोटाले पुस्तकमाथि चर्चा गर्नुभएको थियो । शुभारम्भ कार्यक्रमलाई नवलपुर एफ एमका कार्यकारी निर्देशक राधिका भुसालले सहजीकरण गर्नुभएको थिए भने कार्यक्रम कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।