कावासोती
नवलपुरको कावासोतीमा रहेको मध्यबिन्दु बहुमुखी क्याम्पसमा नेकपा एमालेका नेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा शुक्रबार खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
अनेरास्ववियु मध्यबिन्दु क्याम्पस कमिटिको आयोजनामा जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
"सामाजिक रूपान्तरणमा विद्यार्थीको भूमिका" शिर्षकमा सम्पन्न प्रतियोगितामा जिल्ला भरिका विभिन्न २० प्रतियोगीहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी भएकाहरु मध्येबाट लुम्बिनी आवासीय माध्यमिक विद्यालयका रियाज काफ्ले प्रथम , लर्ड बुद्ध एकेडेमीका रमेश भुर्तेल द्वितीय तथा मध्यबिन्दु क्याम्पसका प्रतिमा तिमिल्सिना र प्रतीक्षा रिमाल तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार, द्वितीय हुनेलाई नगद ४ हजार र तृतीय हुनेलाई नगद २ हजार र प्रमाणपत्र सहित अन्य सहभागीलाई प्रमाणपत्र र अविरले सम्मान गरिएको थियो ।
प्रतियोगितामा अधिवक्ता कमल चापागाईं , नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं नवलपुर एफ एममा कार्यकारी निर्देशक राधिका भुसाल र ह्याप्प्पी एफएमका स्टेसन म्यानेजर आदर्श सुशील निर्णायकको रुपमा रहनुभएको थियो।
अनेरास्ववियु मध्यबिन्दु क्याम्पस कमिटीका अध्यक्ष मनिषा पौडेलको अध्यक्षता तथा अनेरास्ववियु नवलपुरका जिल्ला इन्चार्ज तथा केन्द्रिय कमिटी सदस्य सावित्री केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु मध्यबिन्दु क्याम्पस कमिटीद्वारा स्थापना गरिएको १ लाख ५० हजारको छात्रवृति अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ , मध्यविन्दु क्याम्पस प्रमुख गणेशमान गिरि , नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिल प्रसाद काफ्ले , क्याम्पसका स्ववियु सभापति केशव भुसाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
क्याम्पसका सह प्राध्यापक करुण लम्सालको संयोजन रहेको कार्यक्रममा विष्णु भट्टराई र रामु भुसालले सहजीकरण गर्नुभएको थियो।