कावासोती
कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब १९ करोड ९२ लाख को बजेट ल्याएको छ ।
आईतबार सम्पन्न नगरपालिकाको १५ औं नगर सभामा नगर उपप्रमुख फुलकुमारी थनेतले बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब १९ करोड ९२ लाख को बजेट ल्याईएको जानकारी गराएकी हुन ।
१८ करोड ६० लाख प्रशासनिक खर्च, मर्मत सम्भार कोष ९० लाख, समपुरक कोषमा १ करोड विपद व्यवस्थापन १ करोड ५० लाख ,नगरस्तरिय योजना तथा कार्यक्रममा १२ करोड १३ लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ५५ लाख, नेपाल सरकारको ससर्त अनुदानमा ६६ करोड २२ लाख, चालू आव ०८०/८१ मा कार्यान्वयन हुन बाकी योजनाका लागी ७ करोड २५ लाख खर्च गर्ने गरि बजेट ल्याईएको नगर सभामा उपप्रमुख थनेतले जानकारी दिईन ।
बजेट मध्य पुर्वाधार विकासमा ६ करोड ३० लाख, सामाजिक विकासमा ४ करोड, आर्थिक विकासमा १ करोड, सुसासन तथा वित्तीय विकासमा २० लाख, वातावरण तथा विपदमा ४० लाख र वडा कार्यालयको समग्र विकासमा १२ करोड ५५ लाख छुट्टाइएको उपप्रमुख थनेतले बताईन ।
यसै गरि नगरपालिकाले आन्तरिक स्रोतबाट ८ करोड , वित्तिय समानिकरण अनुदान बाट १७ करोड २० लाख राजस्व बाँडफाँड संघिय सरकारबाट १३ करोड ४६ लाख, संघीय सरकारको सशर्त अनुदान बाट ६६ करोड २२ लाख,प्रदेश को वित्तिय समानिकरण अनुदान बाट २ करोड ३८ लाख, प्रदेशको सवारी साधन करबाट २ करोड ३८ लाख, घर जग्गा रजिष्ट्रेसनबाट ६ करोड, विज्ञापन करबाट ६ लाख र नदि जन्य पदार्थको बिक्रीबाट ३ करोड ६१ लाख गरेर १ अर्ब १९ करोड ९२ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।