कावासोती
नेपाल रेडक्रस सोसाइटी नवलपुर शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। शनिबार कावासोतीमा सम्पन्न रेडक्रस सोसाइटीको जिल्ला सभाको तेस्रो अधिवेशनले देवचुली १२ का डिल्लीराम कडरियाको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।
सोसाइटीको महिला उपसभापतिमा मध्यबिन्दु १० का दुर्गा लक्ष्मी पाठक काफ्ले, उपसभापतिमा मध्यबिन्दु ३ का बद्रीनाथ नेपाल, मन्त्रीमा कावासोती ८ का तीर्थराज कण्डेल, कोषाध्यक्षमा कावासोती २ का वेदप्रसाद न्यौपाने, उपमन्त्रीमा देवचुली १६ का निराजनप्रसाद चौधरी र उपकोषाध्यक्षमा कावासोती ८ का उदयराज भण्डारी सर्वसम्मत चयन हुनुभएको छ।
यसैगरी सोसाइटीको महिला सदस्यमा कावासोती २ का विष्णुदेवी पाण्डे, विनयी त्रिवेणी ६ का रन्नता कुमारी काफ्ले, कावासोती २ का उमा भुसाल र सदस्यहरूमा मध्यबिन्दु ३ का काशीराम पाठक, गैंडाकोट २ का विष्णुप्रसाद शर्मा, कावासोती २ का बाबुराम कण्डेल, बौदीकाली २ का उज्ज्वल ओझा, कावासोती ८ का हेमप्रसाद न्यौपाने (कपिल), हुप्सेकोट १ का शरद सुनार र मध्यबिन्दु ७ का भूमादेवी गैरे चयन हुनुभएको छ।
नेपाल रेडक्रस सोसाइटीको दुई वर्षे कार्यकालका लागि १ सभापति,१ महिला उपसभापति,१ उपसभापति, १ मन्त्री, १ कोषाध्यक्ष, १ उपमन्त्री, १ उपकोषाध्यक्ष, ३ महिला सदस्य र ७ खुल्ला सदस्य गरी १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। नयाँ निर्वाचित कार्यसमितिलाई शनिबार नै शपथ ग्रहण गराइएको छ। निर्वाचन समितिका संयोजक नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको हो।
कार्यक्रममा नेपाल रेडकस सोसाइटी नवलपुर शाखाका निवर्तमान सभापति ऋषिराम कण्डेलले नवनिर्वाचित सभापति डिल्लीराम कडरियालाई पदभार हस्तान्तरण गर्नुभएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरको तेस्रो अधिवेशनको सहजीकरण मतदान अधिकृत नवीनराज तिवारी र निर्वाचन सहयोगी विश्वनाथ सापकोटाले गर्नुभएको थियो।