देवचुली,
राष्ट्रिय धर्मसभा दिवसको अवसरमा नवलपुरको देवचुलीमा अविस्थत शास्वतधाममा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ । उक्त प्रतियोगिता शाश्वत धाम अन्तर्गत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुलको आयोजनामा र विश्व ज्योति माध्यमिक विधालयको सहआयोजनामा अन्तर विधालय आधारभुत तहका विधार्थीहरुलाई चित्रकला प्रतियोगिता गरिएको थियो ।
विधार्थीहरुको वौद्धिक क्षमताको विकास, सम्रग शैक्षिक क्षेत्रको विकासका साथै सनातन धर्म तथा संस्कृतिको सम्बद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता शाश्वतधामका सहायक महाप्रबन्धक अशोक घर्तीले गनुभएको थियो भने प्रमुख आथित्यता बरिष्ठ महाप्रबन्धक चौधरी गु्रपका नारायण श्रेष्ठले गर्नुभएको थियो । यस्तै कार्यक्रममा विशेष अतिथीका रुपमा विश्व ज्योति माध्यमिक विधालयका प्रध्यानध्यापक बिष्णु प्रसाद बास्तोला, सीजीआईपीका वरिष्ठ महाप्रबन्धक रामभक्त केसी, मधुसुधन ज्ञावाली लगायतको उपिस्थती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले चित्रकला मार्फत स–साना बालबच्चाहरुलाई धर्म सस्कृति प्रति सचेत गराउने साथै उनीहरुले धर्म संस्कृतिलाई माया, संरक्षण र सम्बर्धन गर्ने अभिभारा बोकुन भन्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको र आगामी दशैँबाट नवलपुर जिल्ला मात्र नभई नेपाल भरिका विधालयलाई निमन्त्रणा गरि हिंदु, बुद्ध धर्र्म संस्कृति बारे जानकारी गराउने बताउनुभयो ।
प्रतियोगितामा करिब नवलपुर जिल्लाका ३५ विधालयका विधार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतियोगि विधार्थीलाई २ घण्टाको समय दिईएको थियो । प्रतियोगितामा विश्व ज्योति माध्यमिक विधालय प्रथम, लुम्विनी आवासीय माध्यमिक विधालय कावसोती द्धितीय, अरुणखोला माध्यमिक विधालय तेस्रो र सुर्यादय माध्यमिक विधालय सान्त्वना हुन सफल भएका छन भने विजेताहरुलाई प्रमाण पत्र र ट्रफी सँगै एक कार्टुन वाईवाइ चाउचाउ प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगि विधालयका विधार्थी तथा प्रतिनिधी शिक्षकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण रामचन्द्र धितालले गर्नुभएको थियो ।