आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत भोली हुने नेपाल र श्रीलंकाबिचको खेलमा तपाईं कस्तो प्लेइङ्ग ११ देख्न चाहनुहुन्छ ? साथै वर्ल्डकपमा नेपालको पहिलो खेल कस्तो पाउनुभयो ?
विमर्श कंडेल, पत्रकार
पहिलो खेलदेखि नै ललित र प्रतिश जिसी त मेरो पनि पहिलो रोजाइ नै हुन् तर टिममा परेनन्। टेक्ससमा हट केकको रुपमा सागर ढकाललाई अगाडि सारेका होलान् मोन्टीले तर त्यति प्रभावकारी देखिएनन्। अनुभवीको रुपमा ललितलाई ठाउॅ दिनुपर्ने थियो। नयॅा कन्डिसनलाई अडोप्ट गर्न पनि उनलाई सहज पक्कै बन्नेथियो। नेदरल्यान्ड्ससॅग खेलिसकेकाले पनि उनी विकेट लिन र रन रोक्न सफल हुने थिए भन्ने लाग्छ ।
अविनाश स्लग ओभरमा राम्रो बलिंग गर्ने खेलाडीको रुपमा चिनिन्छन् तर लो स्कोरिंग गेममा पनि अविनाश सधैं महॅगो सावित हुने गरेका छन्। यता फ्लोरिडाको लाउडरहिलको ग्रास पिच हो, सिमरलाई फाइदा पुग्छ। प्रतिश लेफ्ट आम सिमर र गति परिवर्तन गरेर बलिंग गर्न माहिर भएकाले पनि यसपल्ट प्रतिशको पक्षमा छु है म।
तर क्यानले प्रतिशलाई रिजर्भ प्लेयरमा राखेकोमा निक्कै चित्त दुस्खेको छ। लगातारको मिहिनेत र अभ्यासपछि हो विश्वकप टिममा पर्ने तर १५ महिनादेखि अभ्यासबिनै टिमबाहिर रहेका सन्दीपलाई टीके शैलीमा वेस्टइन्डिज पठाउने क्यानको निर्णयले चकित पारेको छ। विश्वकप खेलिसकेका, खेलाडीको अधिकारलाई लिएर आवाज उठाउॅदा अनुशासनको कारबाही भोगेका खड्का क्यान सचिव भएकै समयमा पनि सन्दीपलाई कारबाही गर्नुको सट्टा ‘उ नै टीम हो’ भन्ने शैलीमा जस्ता कार्य भएका छन्, खेदजनक छन्। अझै खड्काको धम्कीपूर्ण शैलीका वक्तव्यबाजीको त, भो कुरा नगरुम्।
अर्कोतर्फ बलर फ्रेन्ड्ली गेममा टिकेर खेल्न सक्ने टोलीले जितको आधार तय गरेका छन्। श्रीलंकाली टिमका पाथिराना, थिक्सना, दुनिथजस्ता खेलाडी प्रतिघण्टा १४५ किमीभन्दा बढी गतिमा र फुल लेन्थ डिलिभरी गर्न माहिर छन्। यस्ता बललाई सिक्स, फोर हान्नेभन्दा पनि प्लेसमेन्ट वा डिफेन्स नै गरेर खेल्ने हो जस्तो लाग्छ। त्यसका आधारमा सायद जोरा पहिलो रोजाइमा पर्नुपर्ने हो। तर पार्टटाइम स्पिनरको रुपमा र १र२ सिक्सले पनि गेमको दृश्य परिवर्तन गर्ने भएकोले मोन्टीले मल्ललाई रोज्न सक्छन्। प्रारम्भिक ब्याटरदेखि अन्य खेलाडी यथावत राख्दा हुन्छ।
अन्तमा, नेपाली टोलीका ब्याटर, बलर, फिल्डर जो जुनसुकै स्थानमा खेले पनि अनुशासन, पूरा तागत र आत्मविश्वासमा निकै कमजोर फिल गरिरहेको छु। यति ठूलो इभेन्टमा यी चिज कति महत्त्वपूर्ण हुन्छन् भन्नै परेन। त्यसकारण मेरो एक मात्र चाहना यी चिजमा ध्यान रहोस्। बरु सिक्नै परे यूएसए, नेदरल्याण्डस्, ओमान, क्यानडा, अफगानिस्तानको खेल्ने शैली र रणनीति फलो गरे पनि हुन्छ।
नेपाली टोलीले यसपल्ट जित्नैपर्छ, असिमित शुभकामना ।
प्राञ्जल, साहित्यकार
श्रीलंका विरुद्ध मेरो प्लेईङ्ग ११
अनिल शाह, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा र ललित राजबंशी
चिरन्जिवी पाण्डे, व्यवसायी
नेपालले पहिलो खेलमा जस्तो खराब फिल्डिङ हुनु भएन र निडर भएर ब्याटिङ गरेमा खराब लयमा भएको श्रीलंकालाई जित्न केही गारो छैन र सागर ढकालको ठाउँमा ललित नारायण राजवंशीलाई खेलाउन पर्छ । अरु सबै ठीक छ।
पवन चापागाई पोषलाल, बैंकर
नेपालको बलिङ्ग ठिक छ, अलि सम्हालिएर ब्याटिङ्ग गर्नु पर्ने देखिन्छ।
शंकर भट्टराई, व्यवसायी
पहिलो खेलमा फिल्डिङ राम्रो गरेको भए जित्ने सम्भावना बढी थियो । अबको खेलमा प्लाइङ्गि ११
कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, अविनाश बोहोरा र ललित राजबंशी
उदिपराज ढुङ्गना, संचारकर्मी
नेपालका आक्रामक ओपनरको परिचय बनाएका कुशल भुर्तेलले पछिल्ला आफ्ना १० टि २० खेलमा कुल ४९ रन मात्र बनाएका छन् । यद्यपि अमेरिकासँगको खेल भने रद्ध भएको थियो । अर्का ओपनर आशिफ शेखको बलबाट पनि पछिल्ला १० टि २० खेलमा मात्र १८४ रन मात्र निस्कीएको छ। उनले पनि पछिल्ला आफ्ना १० खेलमा ४ खेलमा मात्र दोहोरो अकंमा रन बनाउन सकेका छन् । पछिल्लो पटक यो जोडीले अप्रिल १५ २०२४ मा हङकङ बिरुद्ध ७० रनको पार्टनरसिप बनाएको थियो । त्यस यता खेलेका ११ खेलहरुमा यो ओपनिङ जोडीको ब्याटमा गतिलो साझेदारी भएको छैन ।
लामो समयसम्म समस्यामा देखिएको यो समस्या हटाउनका लागि कोच मोन्टी देसाईले कुशल भुर्तेलको ठाँउमा अनिललाई उतार्ने बिकल्प प्रयोग गर्नु उत्तम हुनेछ । यसरी आशिफ र अनिल शाहले ओपनिङ गर्दा तेस्रो नम्बरमा कप्तान रोहित पौडेल, चौथो नम्बरमा कुशल मल्ल, पाचौ नम्बरमा सन्दिप जोरा, छैठौ नम्बरमा दिपेन्द्र सिं ऐरी, सातौ नम्बरमा गुल्सन झा लाई खेलाउन सक्नेछन् । करण केसी र सोमपाल कामीले ले पुच्छरको नेपाली ब्यटिङ सम्हाल्न सक्नेछन् ।
यो लाईनअपमा पनि मध्यक्रमले वेट एण्ड हिटको र्फमुलामा खेल्न आबश्यक देखिन्छ। पछिल्लो समय रोहितको ब्याट मात्र भरोसायोग्य देखिएको छ । मध्यक्रमले मैदान बाहिर भएको प्लान भन्दा पनि मैदान र बलर अनुरुप प्लान बनाएर खेल्न जरुरी छ ।
कहिले काँहि कुशल भुर्तेलको बलिङबाट निस्कने विकेट मात्र हेरेर हुदैन भन्ने लाग्दछ। पार्ट टाईमर स्पीनरमा कप्तानले मल्ल, र आफैलाई बलिङमा ल्याउन सक्छन् । सागर ढकालले प्रमुख बलरको भुमिकामा सन्तोषजनक नदेखिए पनि उनी दोहरिने सम्भावना छ, उनको बलबाट विकेट निस्कन जरुरी छ र उनलाई दिपेन्द्रले बलियो साथ दिईरहेका छन् । अर्का पेसरमा नेपालले कमल सिह एरीलाई मौका दिनुपर्छ भन्ने लाग्छ। किनकी पछिल्लो लामो समयसम्म डेथ ओभर स्पेसलिस्टको रुपमा रहेका अभिनासले आफ्नो भुमिका मा न्याय गर्न सकेका छैनन् । तर मोन्टीको टिम ११ मा अभिनास पक्का छन । प्रतिस ट्राभलिङ रिजर्भ भएकोले टिममा पर्ने सम्भावना म देख्दिन ।
मेरो टिम: आशिफ शेख, अनिल शाह, रोहित पौडेल , कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल र ललित राजवंशी÷ कमल सिंह ऐरी