देवचुली,
देवचुली नगरपालिका वडा नं १६ मा विभिन्न विद्यालयका बालक्लबका पदाधिकारीहरुलाई ८ दिने नेतृत्व विकास तालिम सुरु गरिएको छ । सोमबार देवचुली नगरपालिका १६ वडा बाल संजालको आयोजना र देवचुली १६ को आर्थिक सहयोगमा बालबालिकालाई नेतृत्व विकास तालिम सुरु भएको छ । बालबालिका वर्तमानका साझेदार र भविष्यका कर्णधार हुन भन्ने नाराका साथ आर्थिक वर्ष २०८०/०८१ को वडास्तरीय बजेट मार्फत कार्यक्रम संचालन गरिएको हो । 
बाल क्लबको परिचय, माइन्युट तथा प्रस्तावना लेखन, लागु औषध तथा ट्राफिक सचेतना कार्यक्रम, स्वास्थ्य तथा सेनेटरी प्याड, विपद व्यवस्थापन सम्बन्धि सम्बन्धि जनचेतना, पञ्जिकरण सम्बन्धिका विषयमा बालबालिकालाई तालिम संचालन गरिने वडा बाल सञ्जालका अध्यक्ष शिशिर आचार्यले बताउनुभयो । 
तालिममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशवराज गौतमले बालबालिकालाई संचालन गरिने यस्ता तालिमले उनीहरुको बौद्धिक विकास र नेतृत्व विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरि आफ्ना साथीभाई समेत सेयर गर्न आग्रह गर्नुभएको थियो । 
कार्यक्रममा देवचुली नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विमला लम्साल, नगर खेलकुद समितिका सदस्य सचिव प्रकाश काफ्ले, जिल्ला बाल सञ्जालका सचिव विशाल सापकोटा, वडा नं १६ का बाल सञ्जालका निर्मल गौतम लगायतको उपस्थिति रहेको थियो । 
पहिलो दिन बालमैत्री परामर्शा दाता खिमानन्द भुसालले बाल क्लबको परिचय, बाल अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो । देवचुली १६ वडा बाल संजालका अध्यक्ष शिशिर आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण देवचुली १६ वडा बाल सञ्जालका उपाध्यक्ष सिन्जु चौधरीले सहजीकरण गर्नुभएको थियो । तालिम ६ दिन सम्म चल्नेछ ।
