देवचुली
देवचुली नगरपालिकामा बसोबास गर्ने राष्ट्र सेवक कर्मचारीहरुलाई आज शनिबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवचुली नगर प्रचार प्रसार बिभागको आयोजनामा राजनीतिको महत्व विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रममा विभिन्न राष्ट्र सेवक कर्मचारीहरुलाई सम्मान गरिएको हो।
नेपाल सरकारको विभिन्न मन्त्रालयमा अधिकृत,उप सचिव तथा सह सचिव पदमा रहेका विभिन्न देवचुली नगरपालिकाका व्यक्तित्वहरुलाई सम्मान गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवचुलीका अध्यक्ष सत्यनारायण भुसालले हेर्नेपाटीलाई बताएका छन्।
भुसालका अनुसार नेपाल सरकारका उप सचिवहरु टिकाराम भुसाल , कृष्ण प्रसाद भुसाल , रोमाकांत काफ्ले , घनश्याम काफ्ले , गणेश अवस्ती , दुर्गा प्रसाद भुर्तेल , पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारि दिनेश भुसाल संगै इन्जिनियरहरु इन्द्रप्रसाद सुबेदी , सागर भण्डारी र बिष्णु प्रसाद खनाल सहित अधिकृत आशिष भुर्तेललाई सम्मान गरिएको हो। यो संगै पुर्तिघाट काण्डका कमान्डर धनीराम महतोलाई समेत जिउँदो सहिदको रुपमा सम्मान गरिएको छ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नगर समिति प्रचार बिभागका संयोजक बिक्रम मल्लको अध्यक्षता संगै पार्टीका केन्द्रिय सदस्य , गण्डकी प्रदेशका इन्चार्ज एवम् पुर्व शिक्षा मन्त्रि दिनानाथ शर्माको प्रमुख आतिथ्यता रहेको थियो। नेकपा माओवादी केन्द्र देवचुलीका अध्यक्ष सत्यनारायण भुसालले सहजीकरण गरेको कार्यक्रममा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव सन्तु दरै सहित केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज धनपति सापकोटा , केन्द्रिय सदस्यहरु किशन शर्मा , सुष्मा खनाल , अनिल परियार , लेखा आयोग सदस्य लोक प्रसाद भुर्तेल लगातका व्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो।
पार्टीका नगर उपाध्यक्ष सुदर्शन लामिछानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा अध्यक्ष मल्लले कार्यपत्र प्रस्तुत गरे संगै यसमा इन्द्रमणि भुसाल , खिमानन्द भुसाल , श्याम शर्मा भुसाल तथा रेशम लाल सापकोटाले टिप्पणी गरेका थिए। यो संगै कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले , जिल्ला इन्चार्ज धनपति सापकोटा, प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव सन्तु दरै र गण्डकी प्रदेशका इन्चार्ज एवम् पुर्व शिक्षा मन्त्रि दिनानाथ शर्मा लगायतका वक्ताहरुले आफ्नो भनाई राखेका थिए। कार्यक्रममा वक्ताहरुले पछिल्लो समय युवा समुदायहरुको राजनीति प्रति वितृष्णा पलाएको हुँदा यस्तो अवस्थामा हरेक समस्याको समाधान भनेको राजनीतिक आधार भएकाले युवाहरुलाई राजनीतिको जग बलियो बनाउन सुझाव दिएका थिए।