काठमाडौँ
पुजार सार्की; त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा ।
‘पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर सरसफाइ लगायत काम गर्ने मैयाँ छिन् । उनी सार्की हुन् । उनीहरूबीच प्रेम अंकुराउँछ । अर्का पात्र छन्, मैते । खासमा उनी दमाई परिवारमा हुर्किए पनि जन्मले उनको कुनै अत्तोपत्तो छैन । खासमा उनलाई दमाई परिवारले कतै भेटेर पालेका हुन् । मैतेसँग मगरकी छोरी गौमायाको प्रेम छ ।
पुजार सार्की; त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा ।
‘पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर सरसफाइ लगायत काम गर्ने मैयाँ छिन् । उनी सार्की हुन् । उनीहरूबीच प्रेम अंकुराउँछ । अर्का पात्र छन्, मैते । खासमा उनी दमाई परिवारमा हुर्किए पनि जन्मले उनको कुनै अत्तोपत्तो छैन । खासमा उनलाई दमाई परिवारले कतै भेटेर पालेका हुन् । मैतेसँग मगरकी छोरी गौमायाको प्रेम छ ।
यसरी फरक जातीय पृष्ठभूमिका युवायुवती जब प्रेम-बन्धनमा जोडिन्छन्, जात व्यवस्था नै भिलेन बनेर देखा पर्छ ।
प्रेम यस्तो हतियार हो, जसले कहिलेकाहीं विद्रोह गर्न उक्साउँछ । यस फिल्ममा पनि त्यही हुन्छ । चोखो प्रेममा जात व्यवस्था तगारो बनेपछि उनीहरू व्यवस्था विरुद्ध लड्न थाल्छन् ।
कथाको सेरोफेरो २०४५/४६ सालको राजनैतिक परिवर्तनमा बुनिएको छ । पटकथालाई हेर्दा यसमा कुनै बनावटी, नायक-नायिकालाई राम्रो देखाउन गरिने अधिक शृंगार पनि केही देखिंदैन । लाग्छ पात्रहरू हाम्रो गाउँमा जस्तो देखिन्छन् त्यस्तै छन् ।
फिल्मको शीर्षक आर्यन सिग्देलको पात्रबाट लिइए तापनि कथाका वास्तविक नायक भने प्रदीप खड्का हुन्, किनभने मूल कथा उनकै वरिपरि घुमेको छ र अन्त्य पनि उनैबाट हुन्छ । पल शाहको भूमिका सहयोगी पात्रको रूपमा भए तापनि उनले आफ्नो भूमिकामा न्याय गरेकै छन् ।
फिल्मभरि सबै पात्रहरूले राम्रो अभिनय त गरेकै छन् त्यसमध्ये कथा र पात्र सुहाउँदो जीवन्त अभिनय गरेका छन् मैतेको बाबुको भूमिकामा रहेका सुवास गजुरेलले, उनको अभिनय हेर्दा उनी साँच्चिकै दमाई पात्र हुन् ।
पुजार सार्कीका निर्माता सुभाष भुसालले यसमा संगीत पनि गरेका छन् । यसको संगीत र नृत्य पनि मौलिक छ । खासगरी मगर समुदायमा नाच्ने कौरा नृत्य यहाँ प्रस्तुत गरिएको छ । यो फिल्मको मूल कथा भनेको जातीय विभेदले ग्रसित समाजमा बाहुन र सार्की तथा दमाई र मगरको अन्तरजातीय प्रेम हो ।
पल शाह उपल्लो जातको पात्रको भूमिकाका साथै तत्कालीन समयमा कम्युनिस्ट पार्टीमा लागेका भूमिगत नेताको भूमिकामा छन् र गाउँमा शोषित उत्पीडितका लागि अधिकारको कुरा गर्दै उनीहरूलाई संगठित गर्छन् ।
दर्शकहरूलाई हलसम्म तान्ने पहिलो विषय स्टार भएको हुँदा यो चलचित्रमा यसको कमी त परको कुरा यसलाई भरपूर प्रयोग गरिएको छ । कथाको कुरा गर्दा बलिउडका अधिकांश चलचित्रहरू प्रेमको वरिपरि घुम्ने भएकोमा यो फिल्म पनि त्यसमा अपवाद छैन
पञ्चायतकालमा धनकुटाको ‘छिन्ताङ’ तथा सिन्धुपाल्चोकको पिस्कर काण्डमा धेरै मानिस मारिएकोमा दलित पनि मारिएका थिए । तर त्यसको पृष्ठभूमि अन्तरजातीय विवाह थिएन । मुख्य पात्रहरूको जुन रूपमा गाउँलेले हत्या गर्छन् त्यसलाई चार वर्षअघिको नवराज विक र उनका ५ जना साथीको हत्यासँग सीधै जोड्न सकिन्छ ।
यो चलचित्रको राम्रो तथा सशक्त पक्ष भनेको आफ्नो भूमिगतकालमा कसरी कम्युनिस्ट पार्टीहरूले दलितका बस्तीहरूलाई सेल्टरको रूपमा प्रयोग गरे र पञ्चायती व्यवस्था ढलेपछि कसरी सत्ताको लागि आफैंले प्रतिगामी भनेको शक्तिहरूसँग गठजोड गरेर दलित लगायत उत्पीडित समुदायलाई धोका दिए भन्ने कुरा सजीव र सरल ढंगले देखाइएको छ ।
अहिले नेपालको कम्युनिस्ट राजनीतिमा विश्वास गर्ने दलित समुदायको ठूलो तप्काले यही नियति भोगिरहेको छ, किनभने नवराज विक र उनका साथीहरूलाई मार्ने माओवादीका डम्बरबहादुर मल्ल हुन् भने उनीहरूको समूहलाई बचाउन खोज्ने माओवादी पार्टीकै जनार्दन शर्माहरू हुन् ।
संभवतः आफूलाई कम्युनिस्ट भन्ने राजनैतिक शक्तिले धोका दिएको हुनाले फिल्ममा मुख्य पात्रहरू पुजार र मैतेको बीभत्स हत्या हुन्छ भने वास्तविक जीवनमा नवराज विक र उनका साथीहरूको । दलित अधिकारको आन्दोलन वा विद्रोहको दियो ३५ वर्षको अन्तरालमा पनि निभेको छैन भन्ने सन्देश कम्युनिस्ट तर आफ्नो विचार र सिद्धान्त प्रति निष्ठा भएका पल शाह मार्फत दिन खोजिएको छ ।
अहिले नेपालको दलित आन्दोलन आश र त्रासको राजनीतिमा डुबेर मृतप्रायः भएको छ । दिनदिनै हत्या, हिंसा र अधिकारहरू खोसिंदा पनि रमिते बनेर बसिरहेको छ । यस्तो अवस्थामा चलचित्र लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले हामीलाई ठूलो गुन लगाएका छन् । भन्छु– दलित आन्दोलनलाई जगाउन नेपालका सम्पूर्ण ४२ लाख दलितले यो चलचित्र एकपटक हेर्नै पर्छ ।
जातीय समस्या केवल दलितको मात्र नभएर नेपालका सम्पूर्ण गैरदलित र त्यसमा पनि न्यायप्रेमी नेपालीको भएको हुँदा यो चलचित्र हेरेर केवल मनोरञ्जन मात्र नलिएर समाज बदल्न पनि कस्सिनुपर्छ ।
गम्भीर कथावस्तुमा बनेका फिल्महरू हलमा जाने युवा दर्शकको रोजाइमा नपर्ने भएको हुँदा यस्तो नामले दर्शकलाई हलसम्म तान्छ कि तान्दैन त्यो हेर्न बाँकी नै छ । तर फिल्म चल्नको लागि सामान्यतया चार कुरा आवश्यक पर्छ भनिन्छ-कथा, स्क्रिप्ट, संगीत र नायक-नायिकाहरू । अब चर्चा गरौं स्टारहरूको; अहिलेका चल्तीका सबै स्टारहरूको यस फिल्ममा राम्रो जमघट रहेको छ । अर्थात् यो फिल्म आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाह जस्ता चर्चित र चकलेटी अनुहार भएका नायकहरूको वरिपरि कथावस्तु घुमेको छ । त्यसपछि महिला पात्रहरूमा अन्जना बराइली र परीक्षा लिम्बू रहेका छन् ।
यो चलचित्रले अन्य सहयोगी कलाकारहरूमा पनि टेलिभिजन र चलचित्र क्षेत्रका राम्रा कलाकारहरूलाई लिएको छ, त्यसले निर्माण पक्षले यो चलचित्र निर्माणमा कुनै कन्जुस्याईं गरेको छैन भन्ने देखिन्छ । दर्शकहरूलाई हलसम्म तान्ने पहिलो विषय स्टार भएको हुँदा यो चलचित्रमा यसको कमी त परको कुरा यसलाई भरपूर प्रयोग गरिएको छ । कथाको कुरा गर्दा बलिउडका अधिकांश चलचित्रहरू प्रेमको वरिपरि घुम्ने भएकोमा यो फिल्म पनि त्यसमा अपवाद छैन ।
साभारःअनलाइनखबरबाट