देवचुली
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति नवलपुरको संयोजन तथा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको आयोजनामा १ दिने अन्तरक्रिया देवचुली १३ दलदलेमा सम्पन्न भएको छ।
" बदलिदो परिवेशमा ट्रेड युनियन शिक्षा " विषयक अन्तरक्रियामा नेपाल ट्रेड युनियन नेपाली कांग्रेसको जिल्ला सभापति गंगाधर सुबेदीको अध्यक्षता सँगै नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री गण्डकी प्रदेश महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो।
नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियनले देश व्यापी आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको जानकारी गराउँदै यसलाई अझ प्रभावकारी बनाउन यस कार्यक्रमको आयोजना गरिएको नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष सुबेदीले बताउनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गण्डकी प्रदेशका पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री जिसीले अहिलेको समयमा ट्रेड युनियनको महत्व र आवश्यकताको बारेमा सबै श्रमिकलाई बुझ्न यस कार्यक्रमले थप सहयोग मिल्ने बताउनुहुँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा युनियनका केन्द्रिय उपाध्यक्ष ललित कुमार श्रेष्ठको विशेष आतिथ्यता सँगै एफ इ एस नेपालका डा चन्द्रदेव भट्ट , युनियनका उप महासचिव शुसिला घिमिरे , नेपाली कांग्रेस श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृत लाल जोशी , युनियनका केन्द्रिय सदस्यहरू इन्द्र बहादुर महतो , सबिता रेग्मी र घनश्याम चापागाईं , देवचुली नगरपालिकाका सभापति डिल्लीराम कडरिया , युनियनका प्रदेश सभापति सँगै विभिन्न जिल्लाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।