गैंडाकोट
गैंडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्गलिस स्कुलमा सोमबार विद्यार्थीहरूको निर्वाचन सम्पन्न भएको छ।
विद्यालयमा रहेको स्मार्ट बाल क्लब , जुनियर रेडक्रस सर्कल सहित विद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको लागी निर्वाचन गरिएको विद्यालयका शिक्षक एवं निर्वाचन संयोजक माधव पौडेलले बताउनुभएको छ।
पौडेलका अनुसार २ सय ३० मत खसेको निर्वाचनमा विद्यालयमा अध्ययनरत मावि तहका बिधार्थिहरुले मतदान गरेका थिए। सोमबार विद्यालयको सभाहलमा सम्पन्न निर्वाचनबाट ८५ मत सहित बिधालय क्याप्टेनमा रोशनी सारु मगर र १ सय १५ मत सहित भाइस क्याप्टेनमा डेविड रसाइली बिजयी भएका छन्।
विद्यालयको स्मार्ट बाल क्लबको अध्यक्षमा १ सय १८ मत सहित निश्चल रानाभाट ,उपाध्यक्षमा १ सय ५५ मतसहित सुसन गेलाङ , सचिवमा १ सय ३९ मत सहित प्रकृति न्यौपाने र कोषाध्यक्षमा ९० मत सहित कामना सुनार निर्वाचित हुन सफल भएका छन्।
यता जुनियर रेडक्रस सर्कलमा भने १ सय ५८ मत सहित अध्यक्षमा प्रनिल रानाभाट , उपाध्यक्षमा १ सय ४२ मत सहित आराध्या रानाभाट , सचिवमा १ सय ५५ मत सहित साधना शर्मा र कोषाध्यक्षमा १ सय मत सहित सदीक्षा बिक निर्वाचित भएका छन्।
यसै क्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले विद्यार्थीहरूलाई निर्वाचनको प्रयोगात्मक ज्ञान प्रदान गर्न साथै निर्वाचित समितिलाई थप जिम्मेवार बनाउन मतदान बाट विभिन्न समिति गठन गरिएको बताउनुभएको छ।
यो सँगै बिजयी सम्पूर्ण विद्यार्थीहरूलाई ज्येष्ठ १ गतेका दिन सपथ ग्रहण गराउँदै पुरानो समितिलाई बिदाई गरिने निर्वाचन संयोजक पौडेलले बताउनुभएको छ।