देवचुली,
पछिल्लो समय युवा पुस्ताका किशोरकिशोरीहरु सामाजिक सञ्जाल प्रति बढी आर्कषित भएको देखिन्छ् । सामाजिक सञ्जालको कारणले किशोरकिशोरीहरु विभिन्न किसिमका हेपाई तथा दुव्र्यवहारमा पर्ने गरेका छन् । यस्ता घटनाहरुको न्यूनिकरण गर्नको लागि जागृती बाल तथा युवा सरोकार नेपालले १ दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम दलदलेको साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका बिच सामाजिक सञ्जालको कारण किशोर किशोरी माथि हुने हेपाई तथा दुव्यवहारबाट कसरी बच्ने र यसको सदुपयोग कसरी गर्ने भन्ने बिषयमा आयोजना गरेको तालिम जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलनद्धारा सञ्चालन भएको बालिका ससक्तिकरण र सक्छिन् छोरीका किशोरी अभियान्ता, देवचुली नगरस्तरी बाल सञ्जालका पदाधिकारीहरु लगायतलाई दिईएको थियो ।
कार्यक्रममा अध्यक्षता किशोरी ससक्तिकरण कार्यक्रमकी साथी शिक्षक रिता राई रहनुभएको थियो भने कार्यक्रममा प्रमुख आथ्यिता देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका बालमैत्री परामर्शा दाता खिमानन्द भुसाल, नारायण शर्मा , जिल्ला प्रहरी निरिक्षक राजेन्द्र अधिकारी, देवचुली नगरपालिकाका सुचना प्राविध अधिकृत कृष्ण हरि सापकोटा, कार्यपालिका सदस्य लगायतको उपिस्थतीमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी उपप्रमुख तिवारीले अझै पनि कतिपय ठाँउमा बालविवाह, हिंसा र दुव्यवहारका घटनाहरु घटिरहेको विभिन्न सञ्चार माध्यमबाट सुन्नुपरेता पनि देवचुली नगरपालिका बालमैत्री भईसकेकाले यहाँ यस किसिमका घटनाहरु हराउदैँ गएको र किशोरीहरु पनि ससक्तिकरण भईसकेकाले यसलाई निरन्तरता दिदैँ रणनितिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी निरिक्षक राजेन्द्र अधिकारी, देवचुली नगरपालिकाका सुचना प्रविधि अधिकृत कृष्ण हरि सापकोटाले तालिम प्रशिक्षण गर्नुभएको थियो । मोबाइलमा भएका विभिन्न एपसको प्रयोग कसरी गर्ने, ईन्टरनेटबाट आफुलाई कुनै हिंसा, दुव्यवहार भए त्यसलाई कसरी हल गर्ने, साइवर अपराधका किसिम के के हुन, ह्याकिङ्ग भनेको के हो, ह्याकिङ्ग बाट कसरी बच्ने जस्ता बिषयमा प्रष्ट पारिएको थियो । कुनै पनि ब्यक्ति सवर्ड गोप्य राख्नुपर्ने, साथै पासर्वड नियमति रुपमा परिवर्तन गर्नुपर्ने , अपरिचित ब्यक्ति आउने ईमेललाई सकेसम्म नखोल्ने, ईमेल खोलिसके पछि बन्द गर्ने बानी बसाल्ने जस्ता विभिन्न बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बालमैत्री परामर्शा दाता खिमानन्द भुसाल, कार्यपालिका सदस्य लगायतले बोल्दै किशोरीहरुले यो तालिम लिईसके पछि सामाजिक सञ्जालको सहि ढंगबाट सदुपयोग गर्नुपर्ने र जागृती बाल तथा युवा सरोकार नेपालले किशोरीहरुको लागि साँच्चिकै नै एउटा शराहनीय काम गरिरहेको र यसलाई निरन्तरता दिन सबैले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए । करिब ७० जना उपिस्थती रहेको कार्यक्रमको सहजीकरण किशोरी अभियान्ता प्रिती भुसाल र स्वस्तिका क्षेत्रीले गर्नुभएको थियो ।