देवचुली,
परोपकार बचत तथा ऋणि सहकारी संस्थाको आयोजनामा गरिएको परोपकार तीज गीत तथा खुल्ला नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता महिला परिचालन उपसमिति संयोजक प्रेमा कुमारी खनालले गर्नुभएको थियो भने प्रमुख अतिथीका रुपमा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी रहनुभएको थियो । कार्यक्रममा अतिथीका रुपमा संस्थाका संचालक, लेखा समितिहरु, आमा समुहहरु, दिदी बहिनी कल्वहरु लगाएतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा आमा समुहहरुबाट १५ वटा ग्रुपले आफै रचेका गितहरु प्रस्तुत गरीएको थियो भने खुल्ला नृत्य प्रतियोगितामा १४ जना महिलाको नृत्य प्रस्तुत गरिएको महिला परिचालन उपसमिति संयोजक प्रेमा कुमारी खनालले जानकारी दिनुभयो । प्रतियागितामा प्रथम रु १० हजार, दित्तिय रु ८ हजार, साथै तित्तिय पुरस्कार रु ६ हजार, र प्रमाण पत्रको ब्यवस्था समेत गरीएको थियो भने खुल्ला नृत्य तर्फ प्रथम रु२ हजार, दित्तिय रु १५ सय, तित्तिय पुरस्कार रु १ हजार, सहित साथमा प्रमाणपत्र पनि दिईएको परोपकार बचत तथा ऋणि सहकारी संस्थाका कर्मचारी जिवन भुसालले बताउनुभयो ।
प्रतियोगितामा हातेमालो आमा समुह देवचुली १३ को प्रथम, परोपकार सजिृना दिदीबहिनी क्लब देवचुली १३ द्धितिय, परोपकार विवेकशिल दिदीबहिनी क्लब देवचुली ९ तितिय र अमर आमासमुह देवचुली १२, मनकामाना आमा समुह देवचुली १४ सानतोना हुन सफल भएको छ भने खुल्ला नृत्य तर्फ सिर्जना थापा देवचुली १४ प्रथम, आसिका गौतम देवचुली १२ द्धितिय, अनिशा अर्याल देवचुली १३ तृतिया र सध्या भुसाल सानतोना हुन सफल भएका छन् । कार्यक्रममा करिब ५०० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण महिला परिचालन उपसमिति सदस्य एवम कार्यक्रम संचालक मिना अधिकारीले गर्नुभएको थियो ।