देवचुली,
देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको ओएसिस ईङ्लिस बोडिङ्ग स्कुलमा विश्व रेडक्रस दिवस कार्यक्रम मनाइएको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार विद्यालयले जुनियर रेडक्रस सरकल गठन समेत गरेको छ । विद्यालयका प्रधानाध्यापक खगिसरा ढकालको अध्यक्षतामा बैठक बसि ११ सदस्यीय जुनियर रेडक्रस सरकल गठन गरिएको हो ।
विद्यालयको जुनियर रेडक्रस सोसाइटीको अध्यक्षमा कक्षा ९ का छात्र सुवोध सुवेदी चयन भएका छन् । यसैगरि उपाध्यक्षमा कक्षा ८ का राज थापा मगर, सचिवमा कक्षा ९ की श्रेया दवाडी, उप–सचिवमा कक्षा ९ का सरगम गौतम, कोषाध्यक्षमा कक्षा ८ का रिजन तिवारी, सह–कोषाध्यक्षमा कक्षा ९ का सिरिसा सापकोटा चयन भएका छन् । यसैगरि सदस्यमा कक्षा ९ की खुसी नेपाली, कक्षा ८ का रजत शर्मा, कक्षा ८ का सोनु कुमाल, कक्षा ६ का रेमन गौतम, कक्षा ७ का सन्दिप कुमाल चयन भएका छन् ।
जुनियर रेडक्रस सरकलको प्रधान संरक्षकमा खगीसरा ढकाल, भिक्षक नायकमा नारायणी न्यौपाने र सह–नायक शिक्षकमा कृष्ण पौडेल रहनुभएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएका रेडक्रस देव–बरचुली उपशाखा फारमका निवर्तमान सभापति लक्ष्मी प्रसाद पौडेलले विद्यालय स्तरबाट नै बालबालिकालाई रेडक्रसमा आबद्ध गराउँदा भविष्यमा समुदायसँग नजिक हुन सहयोग पुर्याउने बताउँदै विद्यालयको यो कार्यको प्रशंसा गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा रेडक्रस देव–बरचुली उपशाखा फारमका वर्तमान सदस्य धु्रव लामिछानेले रेडक्रसमा आबद्ध बालबालिकालाई शुभकामना व्यक्त गर्दै विद्यालयमा आइपर्ने विभिन्न समस्यालाई प्रभावकारी ढंगले समाधान गर्न एकजुट भइलाग्न आग्रह गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक खगिसर ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।