लमजुङ
लमजुङ जिल्लाको सुन्दरबजार ३ मा रहेको सर्वोदय माध्यामिक विद्यालयले “सर्वोदय पात्रो “ नामक आफ्नो मोबाइल एप्स बनाएको छ।
बिधालयले बनाएको मोबाइल एप्सलाई प्रयोगमा ल्याएपछि अभिभावकले घरमै बसेर आफ्ना बाबुनानिहरुको निगरानी गर्न सक्ने र दैनिक गृहकार्य, विद्यार्थीको हाजिरी, अनलाइन सुझाव पेटिका, अनलाइन रिजल्ट प्रकाशन संगै शिक्षकहरुको बिवरणको बारेमा सहज रुपमा जानकार हुन पाइने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोखरेलले बताएका छन्।
बिधालयका व्यवस्थापन समितिका अध्यक्ष , वडा अध्यक्ष लगायतले अब विधालयको हरेक कक्षामा डिजिटल प्रविधिद्वारा पठन पाठन गर्दै विधालयलाइ नै प्रविधिमैत्री बनाइने बताएका थिए। विधालयले बनाएको यस “सर्वोदय पात्रो “ नामक एप्स केहि दिनमा प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने समेत विद्यालयले जनाएको छ ।
यस एप्सलाई प्रयोगमा ल्याइसकेपछि विद्यालयमा हुने कार्यक्रमहरुको इभेन्ट लिस्ट, अभिभावक विद्यार्थीलाई जानकारी दिन नोटिस बोर्ड, सार्वजनिक बिदाहरुको सुची, सम्पर्क फारम, शिक्षक, कर्मचारी, प्रशिक्षक, वि.व्य.समित तथा शिक्षक अभिभावक संघको नाम र फोन नम्बरको सुची समावेस गरिएको छ भने फेसबुकमा गरिएका पोस्टहरुलाई यही एप मार्फत हेर्न सकिने विद्यालयका प्रशिक्षक एवं कोर्डिनेटर दिपक घर्तीले बताएका छन्।