देवचुली ,
जनज्योति आदर्श बहुमुखी क्याम्पस देवचुली १५ प्रगतिनगरको दोस्रो क्याम्पस सभाबाट निर्वाचित सञ्चालक समितिको घोषणा सभा कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार क्याम्पस सभाहलमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरिएको छ। क्याम्पसका नयाँ संचालक समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण पश्चात् प्रमाण पत्र वितरण गरिएको छ ।
सपथ ग्रहण पश्चात् क्याम्पसका नवनिर्वाचित अध्यक्ष होमनाथ जैसीले संस्थालाई अगाडि बढाउन र यसको व्यवस्थापनका लागि संचालक समिति दत्तचित्त भएर लाग्ने बताउनुभएको थियो । उहाँले क्याम्पसमा प्राविधिकधारको कक्षा संचालन गर्न यो समितिले महत्त्वपूर्ण भूमिका खेल्ने साथै क्याम्पसको भौतिक पूर्वधारको विकासका लागि विभिन्न ठाउँबाट सहयोग जुटाउने बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएको देवचुली नगरपालिकाका नगरप्रवक्ता तिल प्रसाद काफ्लेले क्याम्पसको नयाँ संचालक समितिको सौहार्द वातावरणले गठन भएको प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले जनज्योति क्याम्पसले विभिन्न अप्ठ्यारो पार गर्दै अगाडि बढिरहेको अवस्थामा यसको विकासका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा जनज्योति आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा मनिषा कंडेल, देवचुली नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्ण बहादुर केसी, समाजसेवि एवम् नेपाली काँग्रेस नगर सभापति डिल्लीराम कडरिया, देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, जनज्योति आदर्श बहुमुखी क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष दयाराज तिवारी लगायतले शुभकामना मन्तव्य राख्दै नवनिर्वाचित समितिका पदाधिकारीहरूलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक शशिकुमार लम्सालले नयाँ पदाधिकारी चयन गर्न सहज भएको बताउँदै सम्पूर्ण नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुभएको थियो ।
जनज्योति आदर्श बहुमुखी क्याम्पसका सह( प्रध्यापक कृष्ण काफ्लेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका प्रध्यापक सोम सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्ति, विभिन्न वडाका वडाध्यक्ष, क्याम्पसका प्रध्यापक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
समितिका पदाधिकारीहरुको नामवली :
अध्यक्ष : होमनाथ जैसी
उपाध्यक्ष : ठाकुर प्रसाद शर्मा
सदस्य : प्रा.डा मोहनीलाल भुसाल
सदस्य : डा. प्रदिप बास्तोला
सदस्य : देवी प्रसाद खनाल
सदस्य : लाल कुमार श्रेष्ठ
सदस्य : सुन्दर प्रसाद श्रेष्ठ
सदस्य : सरस्वति आचार्य तिमिल्सेना
सदस्य : मिरा थापा
सदस्य : उधोग बहादुर श्रेष्ठ
सदस्य : राम कृष्ण श्रेष्ठ
सदस्य : क्या डिल बहादुर खत्री
सदस्य : कमला खड्का
सदस्य : चुडामणि तिमिल्सेना
सदस्य : प्रितम भुजेल
सदस्य : सरिता शर्मा
सदस्य : राधा देवी न्यौपाने
सदस्य : क्या. शेर बहादुर केसी
सदस्य : टेक बहादुर बराल
सदस्य : हेमराज दवाडी
सदस्य : माया सुबेदी
सदस्य : ढुण्डीराज काफ्ले
सदस्य : बिष्णु प्रसाद पौडेल