देवचुली,
रजहर सामुदायिक सिकाई केन्द्रको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रजहर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा शनिबार संस्थाको सभाहलमा पाँचौ साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले विगत लामो समयदेखि यहाँका समुदायका व्यक्तिलाई व्यवसायमा उत्प्रेणा बढाउने हिसाबले सिप मुलक तालिम संचालन गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले सिकाई केन्द्रको सबैले महत्व बुझ्न आवश्यक रहेको बताउँदै रजहर सामुदायिक सिकाई केन्द्रले यहाँ रहेर प्रशंसा योग्य काम गरिरहेको बताउनुभएको थियो ।
उहाँले रजहर सामुदायिक सिकाई केन्द्रको सहयोगका लागि नगरपालिकामा पटक–पटक छलफल भइरहेकाले यसको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा संस्थाले गरेको वार्षिक प्रगति प्रतिवेदन–भावि निति तथा कार्यक्रमको बारेमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
उहाँले रजहर सामुदायिक सिकाई केन्द्रले सैद्धान्तिक शिक्षा मात्र नभई व्यावहारिक शिक्षामा समेत जोड दिइरहेकाले यसलाई थप व्यवस्थित बनाउन सबै सरोकारवालाको सहयोगको आवश्यकता रहेको बताउनुभयो । साधारण सभामा आर्थिक वर्ष २०८९–०८१ को आय व्यय प्रतिवेदन संस्थाका लेखा समितिका बलराम लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।
साथै उहाँले आर्थिक अभावका कारण केन्द्रले सोचे अनुरुप काम गर्न नसकेको बताउनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशवराज गौतम लगायतले केन्द्रले समुदायका महिलाहरूको क्षेत्रमा गरेको काम प्रसंशायोग्य रहेको बताउँदै यसमा आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
कार्यक्रममा संस्थाका आजिबन सदस्य, संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र संस्थामा कार्यरत कर्मचारीलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संगिता बरालले गर्नुभएको थियो ।