देवचुली
जनज्योति आदर्श बहुमुखी क्याम्पस देवचुली १५ को क्याम्पस सञ्चालक समिति सर्वसम्मत चयन भएको छ।
क्याम्पसले यस अघि निकालेको निर्वाचन तालिका अनुसार आवश्यक पदमा आवश्यक उम्मेद्वारी मात्र परेकोले आज शुक्रबार सञ्चालक समिति सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक शशि कुमार लम्सालले बताएका छन्।
लम्सालका अनुसार क्याम्पसको समग्र बिकासको लागी होमनाथ जैसीको अध्यक्षता संगै ठाकुर प्रसाद शर्माको उपाध्यक्षतामा अन्य थप २१ सदस्य गरि २३ सदस्यीय नयाँ संचालक समिति गठन भएको हो।
समितिको सदस्यहरुमा प्रा.डा मोहनीलाल भुसाल , डा. प्रदिप बास्तोला , देवी प्रसाद खनाल , लाल कुमार श्रेष्ठ , सुन्दर प्रसाद श्रेष्ठ , सरस्वति आचार्य तिमिल्सेना , मिरा थापा , उधोग बहादुर श्रेष्ठ , राम कृष्ण श्रेष्ठ , क्या डिल बहादुर खत्री , कमला खड्का , चुडामणि तिमिल्सेना , प्रितम भुजेल , सरिता शर्मा , राधा देवी न्यौपाने , क्या. शेर बहादुर केसी , टेक बहादुर बराल , हेमराज दवाडी , माया सुबेदी , ढुण्डीराज काफ्ले र बिष्णु प्रसाद पौडेल लगायतका रहेका छन्।
यो संगै निर्वाचन समितिका अनुसार नव निर्वाचित समितिको लागी यहि बैशाख २३ गते आइतबार घोषणा सभाको आयोजना समेत गरिएको छ।