देवचुली
दलित जागरण अभियान नवलपुरको अध्यक्षमा भीम बहादुर बिक चयन भएका छन्। ९ सदस्यीय जिल्ला कार्य समितिको अध्यक्षमा भिम बहादुर बिक सहित उपाध्यक्षमा झकमाया बिक , सचिवमा कृष्ण बहादुर बिक , कोषाध्यक्षमा कुमार रोक्का तथा सदस्यहरूमा मिना नेपाली , झाका बहादुर बिक , जमुना परियार , रुप बहादुर बिक र विजय कुमार बिक लगायतका रहेका छन्।
दलित जागरण अभियान नवलपुरको प्रथम वार्षिकोत्सव समारोहको अवसरमा उक्त नयाँ जिल्ला समिती गठन गरिएको हो। अभियानका अध्यक्ष भिम बहादुर परियारको अध्यक्षता तथा अभियानका राष्ट्रिय अध्यक्ष दधिराम परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखा संयोजक कृष्ण बिकले आर्थिक तथा राष्ट्रिय उपाध्यक्ष भिम बहादुर बिकले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
बिकले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अभियानले हाल सम्म आर्थिक रुपमा अति विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेको , वैदेशिक रोजगारको सिलसिलामा बन्धक भएकालाई उद्धार गरेको , छुवाछुत मुक्त वडा घोषणाको तयारी गरेको र जिल्लाको विभिन्न पालिकामा समिति गठन गरेको बताएका थिए।
देवचुली १६ रजहरमा सम्पन्न कार्यक्रममा अभियानका उपाध्यक्ष झक माया बिकको स्वागत मन्तव्य संगै अभियानका राष्ट्रिय उपाध्यक्ष दिपक बिक , क्षेत्रीय सदस्य दुर्गा बिक , जनप्रतिनिधि खगिसरा नेपाली सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सोही अवसरमा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि दधिराम परियारले समाज रूपान्तरणमा सबै एकजुट हुनु पर्ने र आफ्नो हक अधिकारको लागी लड्नु पर्ने बताएका थिए।