नवलपुर,
माध्यमिक शिक्षा परीक्षा एस.इ.इ. २०८० का लागि नवलपुर जिल्लामा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरको बैठकले जिल्ला भित्र संचालन हुने एस.इ.इ. का लागि २८ वटा केन्द्र तोकेको हो ।
जसका लागि लक्ष्मी माध्यमिक विद्यालय अमरापुरी, बरचुली माध्यमिक विद्यालय रजहर, देवचुली माध्यमिक विद्यालय रजहर, नेपाल नमूना माध्यमिक विद्यालय केउरेनी, जनज्योति नमूना माध्यमिक विद्यालय प्रगतिनगर, जनज्योति माध्यमिक विद्यालय प्रगतिनगर, ज्ञानोदय माध्यमिक विद्यालय कावासोती, शिव माध्यमिक विद्यालय शिवबस्ती, शहीद स्मृति माध्यमिक विद्यालय कावासोती, जीवनज्योति माध्यमिक विद्यालय कावासोती, जनता माध्यमिक विद्यालय कावासोती, जनता माध्यमिक विद्यालय शहीदनगर डण्डा, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय गिरुवारी, जनता माध्यमिक विद्यालय बेलुवा हुप्सेकाट, जनता माध्यमिक विद्यालय त्रिभुवनटार डण्डा, सरस्वती माध्यमिक विद्यालय गोछडा, कुमारवर्ती माध्यमिक विद्यालय कोल्हुवा, नवजागरण माध्यमिक विद्यालय चोरमारा, नवलपुर सेकेण्डरी बोडिङ्ग स्कुल चोरमारा, जनता माध्यमिक विद्यालय मंगलचौर अरुणखोला, जनता माध्यमिक विद्यालय अरुणखोला टाँडी, भानुदय माध्यमिक विद्यालय दुम्कीबास, नारायणी गण्डकी माध्यमिक विद्यालय त्रिवेणी, हुप्सेकोट माध्यमिक विद्यालय मौलाथर, डेढगाउँ माध्यमिक विद्यालय डेढगाउँ, त्रिभुवन माध्यमिक विद्यालय बुलिङ्टार, कालिका माध्यमिक विद्यालय विजयनगर गैंडाकोट, जनक माध्यमिक विद्यालय गैंडाकोट र नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालय गैंडाकोटमा केन्द्र तोकिएको छ ।
नवलपुर जिल्लामा १ सय ३५ वटा माध्यमिक विद्यालय रहेका छन् । जसमा अध्ययनरत ६ हजार १ सय ६५ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ ।