देवचुली,
पछिल्लो समयमा समाजमा विभिन्न किसिमका घटनाहरु जस्तै महिनावारी, द्धन्द र हिंसा, बालविवाहका घटनाहरु घटिरहेको पाईएको छ । यस्ता घटनाहरुको न्युनिकरणका लागि स्वंयम किशोरीहरुले समाज, विधालयमा गई विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस्तै देवचुली १६ रजहरमा रहेको र्वाइज भिजन बोडिङ्ग स्कुलमा बुधबार नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेका छन् ।
बाल तथा युवा सरोकार नेपाल र क्यानलनद्धारा सञ्चालन भईरहेको कार्यक्रम बालिका सशक्तिकरण र सक्छिन् छोरीका किशोरीहरुले नेत्तृव विकास, बालविवाह, महिनावारी सम्बन्धी तालिम सञ्चालन गरेका थिए । कार्यक्रममा वाईज भिजन विधालयका किशोरी साथी करिष्मा रानाभाटको अध्यक्षता रहेको थियो भने प्रमुख अथितीको रुपमा विधालयका प्रध्यानध्यापक मधु सुधान तिवारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै तिवारीले पछिल्लो समयमा बालबालिकाहरु विभिन्न विकृती र विसङ्गती तर्फ फस्दै जाने भएकाले यस किसिमको कार्यक्रम अति आवश्यक रहेको र यस तालिमबाट किशोरकिशोरीहरुले राम्रो कुरालाई आफनो व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै थोरै समयमा पनि किशोरकिशोरीलाई धेरै कुरा सिकाएकोमा किशोरी अभियान्ताहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अतिकृत सविता पंगेनीले विभिन्न विधालयमा गई यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र कार्यक्रमबाट किशोरकिशोरीले धेरै कुराको ज्ञान लिईन पाएको बताउनुभयो । कार्यक्रममा महिनावारी ,बालविवाह, तथा नेतृत्व विकासका बारेमा प्रष्ट पारिएको थियो ।
उक्त कार्यक्रम कक्षा ९ र १० का किशोरकिशोरीहरु रहेका थिए । कार्यक्रमबाट नेतृत्व विकासका बोरमा आफुहरुलाई पहिले केही थाहा नभएको र यस तालिम पञ्चात नेतृत्व विकास , महिनाबारीको बारेमा, बालविवाहको बारेमा प्रष्ट भएको कक्षा ९ र १० का किशोरकिशोरीले बताएका थिए । तालिमा किशोरकिशोरीहरुलाई विभिन्न खेलहरु, पोष्टरको माध्यमबाट तालिम प्रदान गरेका थिए ।
तालिममा करिब ६५ जनाका विधार्थीहरुको सहभागीता रहेको थियो भने तालिम बालिका सशक्तिकरण र सक्छिन् छोरीका किशोरी अभियान्ता सपना पौडेल, प्रिया पुन मगर, निरुता खत्री, विध्या डुङ्गनाले गर्नुभएको थियो ।