देवचुली,
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रजहरमा यतिबेला मतदान जारी रहेको छ । बिहान ८ बजेर ३७ मिनेटमा सुरु भएको मतदान दिउँसो १ बजेसम्म १ हजार ३ सय ६ मत खसेको निर्वाचन समितिले जनाएको छ । उपभोक्ताहरु मतदानका लागि आउने क्रम जारी रहेको छ । खानेपानी संस्थाको नयाँ कार्यसमिति चयनका लागि बुधबार वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा मतदान सुरु गरिएको हो।
खानेपानी संस्थाको अध्यक्ष पदका लागि कृष्णप्रसाद तिवारी, बासुबाबु कोइराला, टेकबहादुर क्षेत्री र गंगाबहादुर थापा गरि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी उपाध्यक्ष पदका लागि लालप्रसाद अधिकारी, होमनाथ तिवारी र ऋषिराम बरालको प्रतिस्पर्धा छ। सचिव पदका लागि मनोज कुमार सुनार, घनश्याम गौतम र रामु पाण्डे एक आपसमा भिड्दैछन् । यसैगरी सहसचिव पदमा शान्ता सुनार, उमा शर्मा र पदमा पौडेल आमुन्ने सामुन्ने हुनेछन्। कोषाध्यक्ष पदका लागि पार्वती पौडेल आचार्य, नरिकुमारी श्रेष्ठ र हिरादेवी न्यौपानेको प्रतिस्पर्धा छ। संस्थाको लेखा संयोजक पदका लागि जगदीश न्यौपाने, भानुभक्त पौडेल र गणेशबहादुर रायमाझी चुनावी मैदानमा छन् ।
लेखा सदस्य पदका लागि मञ्जु थापा मगर, लक्ष्मी लामिछाने, शान्तकुमार वाग्ले र मिनु शाहीबीच निर्वाचन हुनेछ । यसैगरी वडा सदस्य क्लस्टरको लागि वडा नम्बर १ बाट बिमला अधिकारी, बाबुराम पौडेल र मुक्तिप्रसाद पौडेलको प्रतिस्पर्धा छ। वडा नं २ मा भने खोरबहादुर थनेत यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। वडा नम्बर ३ का लागि सीता गुरौ र कपिल लामिछाने, वडा नम्बर ४ का लागि गंगाकुमारी खोजवार र धनमाया खोजवार, वडा नं ५ का लागि हरिलाल गैरे र गंगाराम महतो, वडा नम्बर ६ का लागि भवानी प्रसाद पाठक, रामप्रसाद न्यौपाने र ओम प्रकाश गौतम, वडा नं ७ का लागि रामप्रसाद पाण्डे र धनबहादुर रायमाझी र वडा नम्बर ८ का लागि भीम सिंह गुरुङ, लक्ष्मी सुनार, ढाकाराम शर्मा र सुनबहादुर कानुमगर चुनावी प्रतिस्पर्धामा छन्।
कुल २ हजार ८ सय ५४ मतदाता उपभोक्ता रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ४१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन अपरान्न ४ बजेसम्म चल्ने छ।