चितवन,भदौं ४
भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताए ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जना बिरुद्ध मुद्धा दर्ता भएको उनले बताए । जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको हो ।पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । उनले १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको आज मुद्धा दर्ता हुने जानकारी दिए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिए ।