देवचुली,
देवचुली नगरपालिका वडा नं १५ मा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोति प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य, गायन, कविता, प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई ’टोकन अफ लभ“ ले सम्मान समेत गरेको थियो । यस्तै विद्यालयमा विगत लामो समय देखि अध्यापन गराउने शिक्षक, कर्मचारीहरुलाई समेत प्रमाण पत्र र नगदले सम्मान गरिएको थियो । विद्यार्थीहरुले आफैले तयार पारेका विभिन्न चित्रहरु, विज्ञान प्रद्धर्शनी, हातैले तयार पारिएका विभिन्न सामाग्रीहरु प्रद्धर्शनी समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिका नगरप्रमुख हरि प्रसाद न्यौपानेले समय सापेक्ष रुपमा आफूलाई परिवर्तन गर्दै युगानुकुल शिक्षा प्रदान गरेकोमा विद्यालयप्रति आफू अत्यन्तै खुशी भएको बताउनुभएको थियो । साथै विद्यार्थीमा भएका क्षमतालाई यसरी नै विद्यालयले आगामी दिनमा पनि पहिचान गर्नेमा आँफू विद्यालयप्रति विश्वसत रहेको बताउनुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ नवलपुरका प्रमुख रुद्र शर्माले विद्यालयको इतिहासलाई अझ उचो बनाउनको लागि शुभकामना दिँदै हरेक विद्यालहरुले राम्रा पक्षहरु अनुसरण गर्नुपर्ने कुरा औँल्याउँदै चुस्त व्यवस्थापन बाट मात्रै राम्रो गर्न सकिने कुरा बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलले विद्यालयले गर्ने हरेक क्रियाकलाप आँफूले नजिकैबाट नियाल्दै आइरहेको बताउँदै विद्यालयको कार्यप्रति आँफू खुशी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद बास्तोलाले स्वागत मन्तव्य राख्दै विद्यालयले समयानुकुल शैक्षिक गतिविधिले परिवर्तन गर्दै आएको बताउँदै अभिभावकलाई आफ्नो छोराछोरीको सम्पूर्ण गतिविधिहरुको जानकारी गराउने हेतुका साथ विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रोग्राम कोअडिनेटर चन्दा बास्तोलाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका लगायतको उपस्थिति रहेको थियो ।