देवचुली,
"दिगो, भरपर्दो र समृद्ध संस्था, सुरक्षित पानी स्वस्ग उपभोक्ता" भन्ने नारा सहित रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १८ औं प्रतिनिधिमूलक बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको खानेपानी टंकी परिसरमा जलवायु अनुकुलित बृहत् खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी काठमाडौंका निर्देशक रामचन्द्र काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
रजहर खानेपानी संस्थाका अध्यक्ष गंगा बहादुर थापाले आर्थिक बर्ष २०७९/०८० को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष थापाले आर्थिक बर्ष २०७०/०८१ को कार्य योजना प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष थापाले आगामी कार्य योजनामा पाईप लाईन विस्तारलाई निरन्तरता दिने, संस्था र उपभोक्ता बिचको सम्बन्धलाई विश्वासनिय र गाढा बनाउने, अन्य खानेपानी संस्थाहरूसँग सहकार्य गर्ने, मानव सेवा, समाजसेवा, परोपकारी तथा समुदायमा समर्पित संस्थाहरूलाई सेवा शुल्क निस्शुल्क मिनाहा गर्ने, जस्ता थुप्रै योजनाहरू रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा रजहर खानेपानी संस्थाका ल्याब टेक्निसियन नवराज अधिकारीले पानी परिक्षण, प्रयोगशाला प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पानी सुरक्षा तथा सरसफाइ टोली संयोजम किशोर पौडेलले पानी सुरक्षा टोलीको प्रतिवेदन प्रस्तुत गर्दै समिति गठन पश्चातका उपलब्धिहरू र समितिको राय सुझावहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक लेखा संयोजक गणेश बहादुर रायमाझीले संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै लेखापाल मनु के।सी र सचिव संगिता बरालले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष डिला मरासिनीद्वारा संस्थाको आर्थिक बर्ष २०७९/०८० को अनुमानित आय(व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले राम्रो नेतृत्व भएका कारणले पनि संस्था अगाडि बढ्न सकेको भन्दै नेपाल सरकारको मापदण्ड अनुसार यश संस्थाले उपभोक्ताहरूलाई खानेपानी वितरण गरेको बताउनुभयो । उहाँले रजहर खानेपानी संस्थाबाट अन्य संघ खानेपानी संस्थाले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । गुणस्तरीय पानी वितरण गर्न सफल भएकोले संस्थालाई सम्मान समेत गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट राजेन्द्र खत्री, पार्बती आचार्य, भोजेन्द्र रायमाझी, सल्लाहकार समितिका सदस्य रविलाल सापकोटा, जिल्ला जनस्वास्थ्य खानेपानी नवलपुरका डिल्लीराज तिवारी, संस्थापक अध्यक्ष विष्णुप्रसाद आचार्य, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले यस खानेपानी संस्थाको उत्तोरत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
१८ औं बार्षिक साधारण सभाको अवसरमा संस्थाले सरसफाइ र सुरक्षित पानी प्रयोग गर्ने उपभोक्ता, समयमा महसुल भुक्तानी गर्ने उपभोक्ता, सूचना दिने उपभोक्त, संस्थाका कर्मचारी, सल्लाहकार, जग्गादाताहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा खानेपानी संस्थाका उपभोक्ता, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
रजहर खानेपानी संस्थाका सह(सचिव जमुना कंडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव संगिता बरालले गर्नुभएको थियो ।
हाल यश संस्थाले २४ सै घण्टा पानीको वितरण गरिरहेको छ । संस्थामा अहिलेसम्म २ हजार ८ सय ५४ उपभोक्ता सदस्य रहेका छन् ।
रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गंगा बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।