देवचुली
लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको क्षेत्र तथा प्रदेश सभा अधिवेशन देवचुली १६ मा सम्पन्न भएको छ। अधिवेशनमा महासङ्घका जिल्ला सभापति इन्द्र फाल मगरको सभापतित्व सँगै महासमिति सदस्य गजेन्द्र बहादुर आलेको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशन निर्वाचन समितिका संयोजक ढाकाराम भट्टराई को संयोजकत्वमा बैठक बसी अधिवेशनमा उम्मेदवारीको लागी आवश्यक शुल्क निर्धारण गरिएको थियो।
जिल्ला सचिव कला भुजेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाली कांग्रेस गैंडाकोट नगर सभापति बद्रि सापकोटा , प्रदेश १ क का सभापति गोपाल सापकोटा , प्रदेश १ ख का सभापति देमु प्रसाद पाण्डे ,क्षेत्रीय सचिव अमृत श्रेष्ठ , क्षेत्र न १ का सभापति अमृत भट्टचन , जिल्ला सचिव होमराज रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।यो सँगै अधिवेशनले क्षेत्रीय तथा प्रदेशका लागि महाधिवेशन लक्षित प्रतिनिधि तथा कार्य समिति चयन गरेको छ।
अधिवेशनले महाधिवेशन प्रतिनिधि क्षेत्र न १ , प्रदेश अधिवेशन प्रतिनिधि १ क र ख लागी समान ६/ ६ प्रतिनिधि चयन गरेको छ। यता संघीय क्षेत्र न मा रेप्ति कुमार घर्ती मगर , प्रदेश १ क मा तिल बहादुर चितौरे र प्रदेश १ ख मा यम बहादुर झेंडी मगरको सभापतित्वमा १५ / १५ सदस्यीय कार्य समिति गठन गरिएको छ।
क्षेत्र न १ मा उप सभापतिमा सिता श्रेष्ठ र डिलमाया राना , सचिवमा सरस्वती घिमिरे गुरुङ , सह सचिवमा सरस्वती श्रेष्ठ र डोर बहादुर फेवाली सहित ८ जना सदस्य लगायतका छन् भने १ क को उप सभापतिमा धन बहादुर लुङ्गेली मगर र शर्मिला श्रेष्ठ , सचिवमा जोक माया सुनारी मगर र राज कुमार श्रेष्ठ , सह सचिवमा लाल बहादुर पाल्पाली सहित ८ जना सदस्य रहेका छन्। प्रदेश १ ख मा भने सचिवमा चन्द्र बहादुर बिर्कट्टा सहित ८ जना सदस्य रहेका छन्।
कार्य समितिमा अपुग रहेका पदाधिकारीहरूलाई छिट्टै मनोनयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ। कार्यक्रममा जिल्ला भरिका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।