देवचुली
ह्याप्पी एफएम द्वारा आयोजित तेस्रो घडियाल काव्य उत्सवको पहिलो दिन ४ वटा सेसनमा प्यानल छलफल गरि सकिएको छ ।
पहिलो सेसनमा विद्रोहि गिरिको सहजिकरणमा नवलपुरमा पर्यटन : हिजो, आज र भोलि , दोस्रो सेसनमा सुवास बस्ताकोटीको सहजिकरणमा पृथ्वीका अन्तिम डायनासोर : घडियाल, , तेस्रो सेसनमा रमेश बस्ताकोटीको सहजिकरणमा मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता तथा आजको अन्तिम सेसन सूर्य प्रसाद कँडेलको सहजिकरणमा प्रकृति, पर्यटन र साहित्य भन्ने विषयमा प्यानल छलफल गरिएको थियो ।
छलफलमा रहेको विषयमा विज्ञहरूले सहजकर्ताहरूले सोधेका जिज्ञासाहरूलाई प्रस्ट्याएका थिए । उत्सवको पहिलो दिन आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता सँगै गण्डकी प्रदेश कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उधोग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कँडेल , देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने , नगर उप प्रमुख पार्वता तिवारी , डिभिजनल बन नवलपुरका प्रमुख वसन्त केशव अधिकारी , विभिन्न वडाका अध्यक्ष , स्थानीय संघ संस्थाका पदाधिकारी , राजनीतिक दलका प्रमुखहरू लगायतका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले नवलपुरमा पर्यटनको सम्भावना र चुनौतीको बारेमा बोल्नुहुँदै ह्याप्पी एफएमले आयोजना गरेको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । देवचुली नगरपालिकाका नगर उप प्रमुख तिवारीले घडियालको संरक्षणमा एफएमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको थियो। ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाको स्वागत मन्तब्य रहेको कार्यक्रममा लुम्बिनी आवासीय मावि कावासोती , भिमसेन आदर्श नमुना मावि रामबास , नेपाल नमुना मावि केउरेनी , वाइज भिजन रजहरका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रबन्ध निर्देशक कडरियाले ह्याप्पी एफएमले घडियाल संरक्षणमा निरन्तर आवाज उठाउने क्रममा काव्य उत्सवको आयोजना गरेको बताउनुहुँदै यस अघि एफएमले सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत विविध कार्यहरू गर्दै आएको बताउनुभएको थियो।
पहिलो दिनको कार्यक्रम एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले सहजीकरण गर्नुभएको थियो।