देवचुली
अति संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि देवचुलीको शास्वत्धाम परिसरमा हुने तेस्रो घडियाल काब्य उत्सवको सम्पूर्ण तयारि पुरा भएको छ।
प्रकृतिसँग साहित्य भन्ने मूल नारा सहित तेस्रो पटक आयोजना गरिएको घडियाल काब्य उत्सव आगामी माघ २८ र २९ गते गरि दुइ दिन सम्म संचालन हुनेछ।
तेस्रो संस्करणका लागि संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनुभएको छ।
कडरियाले काव्य उत्सवका सेसनहरुमा नवलपुरमा पर्यटन : हिजो, आज र भोलि, पृथ्वीका अन्तिम डायनासोर : घडियाल, अवको विकास : मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता, सिने पर्यटन : नवलपुरासीदेखि नवलपुरसम्म, गोलमेच पालिका बहस तथा मध्य नेपालका साहित्यकारहरुको काव्य वाचन लगायत रहेको बताउनुभयो ।
नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकको आँखामा साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काब्य उत्सवको लक्ष्य रहेको ह्याप्पी एफ.एमका स्टेसन म्यानेजर आदर्श शुसिलले बताउनुभएको छ ।
शुसिलका अनुसार नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पुर्याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्न यस कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्नेछ।