देवचुली
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ देवचुलीको नव निर्वाचित पदाधिकारीहरूलाई शनिबार एक कार्यक्रमको बीच सपथ ग्रहण गराइएको छ। गत साता माघ १३ गते शनिबार सम्पन्न भएको महासङ्घको प्रथम अधिवेशनले रमेश ठाडाको सभापतित्वमा समिति चयन गरेको थियो।
नेपाली कांग्रेस देवचुलीका सभापति डिल्लीराम कडरियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नव निर्वाचित समितिलाई सपथ ग्रहण गराइएको हो। निर्वाचन समितिका संयोजक ढाकाराम भट्टराईले नव निर्वाचित समितिका सभापति रमेश ठाडा , उप सभापति सुमित्रा आली र टीकामाया सिँजाली , सचिव नेत्र राना र ओमनारायण महतो , सह सचिव नर बहादुर महतो र यम श्रेष्ठ सहित सदस्यहरू जित बहादुर महतो , खिम बहादुर पुन , पार्वती भुजेल , रोशनी राना , पृथीमा बारघरे , शर्मिला तामाङ्ग , कमल सिङ गुरुङ , निर्मला आले , खुमिसरा गाहा मगर , कला देवी पुलामी , सोम बहादुर थापा र नानु माया गुरुङ लगायतलाई सपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै नगर सभापति कडरियाले समितिलाई आफ्नो हक अधिकारको लागी सदैव लागि पर्न आग्रह गर्दै आफूले समेत पार्टिगत तथा व्यक्तिगत सहयोग समेत गर्न पछि नपर्ने बताउनुभएको थियो।
निर्वाचन मण्डलका समेत सदस्य रहनुभएका नारायण पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा नेता रविलाल सापकोटा सहित निर्वाचन मण्डल सदस्य शकुन्तला गुरुङ , नव निर्वाचित पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
नव निर्वाचित समितिका पदाधिकारीहरूले पार्टी भित्र मात्र नभएर पालिका भित्रको हरेक क्षेत्रमा समेत आदिवासी जनजातिलाई अनिवार्य सहभागितामा जोड दिने , यस क्षेत्र जनजातिलाई नगर भित्र आरक्षणको सुनिश्चितता गर्ने गराउने कुरामा जोड दिने तथा अबका दिनमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउने र देवचुली कै नम्बर एक पार्टी बनाउन एक भएर लाग्ने जस्ता कुराहरूलाई उच्च प्राथमिकतामा राख्दै आफ्नी जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रतिवद्धता जनाउनु भएको थियो।