देवचुली
बरचुली माध्यमिक विद्यालय देवचुली १७ फारममा रहेको विधायकको भवन मर्मत सम्भारमा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. शसांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
विद्यालयको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रमका समेत प्रमुख अतिथि रहेका नेता कोइरालाले उक्त कुरा बताएका हुन्। आज बुधबार बिधालय प्राङ्गणमा आयोजित समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता संगै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक , उत्कृष्ट वर्ष अभिभावक सहित विभिन्न कार्यक्रमका बिजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा देवचुली माविका व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइराला , विधालयका पुर्व अध्यक्ष रविलाल सापकोटा , अक्षयकोष दाता यशोदा कोइराला , देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत मुकुन्द शर्मा , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयले हाल सम्म प्राप्त गरेको सफलताले देवचुली नगरपालिकामा आफूलाई अरु भन्दा अब्बल साबित गरि सकेकाले यसलाई निरन्तरता दिँदै आफ्नो साखलाई कायम राख्न सुझाव दिएका थिए।
विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले यस विद्यालयले शैक्षिक संगै सामाजिक तथा खेलकुदको क्षेत्रमा जिल्लामा सबै भन्दा उत्कृष्ट रहेको जिकिर गर्दै हाल सम्म आउँदा भोगेका र देखेका उतारचढावलाई ध्यानमा राख्दै यसरी नै अगाडि बढ्ने कुरामा सम्पूर्णलाई विश्वस्त रहन आग्रह गरेका थिए। आजको कार्यक्रममा वि सं २०७९ सालको एस ईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा , देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत मुकुन्द शर्मा , देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , शिक्षा शाखा अधिकृत नन्दलाल ढकाल , नेपाली कांग्रेस क्षेत्रीय सभापति अमृत भट्टचन , प्रतिनिधि सभाका स्वकीय सचिव राजन अधिकारी , विभिन्न वडाका अध्यक्षहरू , विद्यालयका भूपू प्राधानाध्यापक तथा समितिका पदाधिकारीहरू , विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर बस्नेत , वरिष्ठ चन्दादाताहरू सहित अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।